Saturday, March 3, 2012

बनभोज मरुभूमिमा..


            हिजोको दिन केहि सम्झना लायक दिनहरु मध्य एक थियो। दोहामा बिरलै हुने यस्तो कार्यक्रममा सहभागी हुने मौका मैले पनि पाएको थिए। जनसम्पर्कले राखेको बनभोज कार्यक्रम हालसालै मैले पनि सक्रिय सदस्यको बिल्ला पाएको साथै अजिज दाजु कार्यक्रम आयोजक भित्र हुनु भएकोले म लगायत अन्य दाजु भाइहरु पनि सहभागि हुने मौका पाएका थियौ।
            विदेश लागे देखि बिहीबारको रात निदाउन पाएको दिन सायद कमै होला सधै जस्तो आज पनि साथी भाईहरु रमाइलो गर्दै थिए  त्यस्तैमा भोलि बनभोजमा सबै जना जाने भनेर सल्लाह भयो। बिहान छिटो उठ्नु पर्छ भन्ने थाहा हुदा हुदै पनि लगभग बिहान ६ बजे तिर बल्ल आखाले विश्राम पाएको थियो। बिहान १० बजे तिर हैन लौ छिटो गरौ भन्दै सबै लाई उठाउदै हुनुहुन्थ्यो अजिज दाई हामि सबै जना तयार भयौ। गाडी पनि यस्सो टल्काउनु पर्छ कि भन्दै हुनु हुन्थ्यो जावल दाई फेरी दाजु भाई कस्सियौ गाडी पनि टलक्क टल्कियो जुम्माको नवाज बाटोमा पढ्ने भनेर हामी अगाडी बढ्यौ।