Friday, September 16, 2011

एउटा मिठो भुल...


             केहि गल्तिहरु जिवनमा अविस्मरणीय हुन्छन जानी जानी कहिले पनि कसैले गल्ति गर्ने गल्ति गर्दैनन। त्यस्तै एउटा गल्ति जसले गर्दा म बर्षौं पछि फेरी ति दिनहरु लाई सम्झिन बाध्य भएको छु। भन्छन नसा को कोहि पनि पारखी हुदैनन समय को खेल नसा को आदत मा हरेक मानिस फस्सिएका हुन्छन। जुन कुराको आदत परेको हुन्छ अनि त्यो आदत बाट टाढा हुन् सक्दैन त्यहि नै नसा हो। नसा प्यार मा पनि हुन्छ जुन नसा देखि टाढा हुन् मैले धेरै कोसिस गरेको थिए आदत त छुट्यो तर केहि अझै 
बाकी रहेछ जुन आज महसुस गरिरहेको छु।

Saturday, September 10, 2011

प्रश्न आफै संग


प्रश्न मेरो आफै संग
प्रश्न मेरो तिमि संग
के पायौ के गुमायौ
एक अर्का संग मुटु साटेर

प्रश्न मेरो तिमि संग
प्रश्न मेरो म आफै संग
कति चोट पायौ कति खोट
एक अर्का संग प्रित गासेर

डर लाग्छ आफै संग
डर लाग्छ तिमि संग
सपनी मा बर्बराउने हो कि
बितेका ति दिन सम्झेर