Wednesday, January 27, 2021

कोरोनाभाइरसका चुनौतीको बेला पाएको अवसर र त्यसबाट चुकेका हामी

 कोरोना भाइरससँगको यात्रा–२

माघ १३, २०७७ २०७७ माघ १३ गते रातोपाटीमा प्रकाशित 


दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् यात्रा थियो । पृथक् यस मानेमा कि कोरोनाको अन्त्य भइनसकेको अवस्थामा कतार प्रवेशका निम्ति त्यहाँको सरकारले विशेष नियम लागू गरेको थियो । जसमा पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पुनः पीसीआर परीक्षण लगायत अन्य प्रक्रिया थिए । सबै प्रक्रिया मेरो निम्ति पहिलो अनुभव थियो  । यो अनुभवको निम्ति उत्सहित थिएन । पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पक्कै पनि सहज होइन ।    

‘छुवाछुत विरुद्धको युद्ध’


समाधान राष्ट्रिय दैनिकमा २०७७ जेठ २९ गते प्रकाशित


जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८  मा प्रष्ट भनिएको छ ।  कसैले जातीय भेदभाव वा छुवाछूत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन । तथापी जातीय छुवाछूतका सन्दर्भमा नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन १९१० विज सावित भयो । किनकी मुलुकी मुलुकी ऐन १९१० मा प्रष्ट लेखिएको थियो  ठूलो जात, सानो जात, अनि ठूलो जातले सानो जातको हातबाट खान नहुने, खाए दण्डित हुने आदी । यसको बावजुद  इतिहासकारहरु जंगबहादुरको पालामा लिखित  मुलुकी ऐन पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्दछन।  जस्ले त्यसबेला व्याप्त जातीय छुवाछूत तथा भेदभावको अवस्थालाई चित्रण गर्दछ। 

जात, धर्म र थरभन्दा माथिको हाम्रो समाज

 २०७७ वैशाख १४  गते प्रकाशित सेतोपाटीमा प्रकाशित 



म घृणा, अन्याय र अत्याचार सहन्नँ किनकी म घृणा, अन्याय र अत्याचाररहित समाजमा जन्मे, हुर्केको हुँ। आज पनि मेरो समाजमा त्यत्तिकै सौहार्द वातावरण छ। जब म कोरोना (कोभिड-१९)को माहामारीले विश्वमा कोलाहल मच्चिएको समाचार पढेर विक्षिप्त हुन्छु, घरको छतमा टहल्न पुग्छु। त्यहाँ म आनन्दित हुन्छु। यहाँ हरेक घरका छत अनि कौसीबाट एक-अर्कामा माया प्रेम बाडिरहेको देख्छु।

कोरोना भाइरससंगको यात्रा

 २०७६ चैत २२ गते रातोपाटीमा प्रकाशित 



वर्षे विदामा घर आउने मेरो तयारी र कोरोना भाइरस विरुद्दको विश्वको तयारी एकै समय भएको थियो l म घर फिर्ने कुरामा दोधारमा परिरहेको थिए l  दिन-रात, एक-एक घण्टाको हिसाब गर्ने मेरो परिवारका निम्ति यात्रा जरुरि थियो l  त्यस्तो त यस्तो जटिल समयमा मेरो उपस्थितिले परिवारमा केहि राहत अवश्य हुने थियो नै l लकडाउन केवल कोरोनाको ईपीसेन्टर ऊहानमा थियो l  अहिले जस्तो विश्व लकडाउन भएको अवस्था भने थिएन l विश्व विख्यात एअरलाइन्सहरुले आफ्नो सेवा निर्वादरुपमा दिएका थिए l म ढुक्क हुने यो पनि एउटा आधार थियो l

Wednesday, March 4, 2020

देशभन्दा पुरानो मुस्लिम समुदाय



- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित 
मोहम्मद वाहिद अलि
एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा अवस्थित देश हो नेपाल । एकीकरण पूर्व नेपालको सिमानाभित्र विभिन्न ससाना राज्य—रजौटा थिए । जहाँ मुस्लिम समुदाय पनि बसोबास गर्दै आएका थिए । नेपाल राज्यको भौगोलिक एकीकरण राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले २ सय ४८ वर्ष अगाडि १८२५ सालमा काठमाडाैं विजय गरेर सुरुआत गरेका हुन् । यो क्रम चलिरह्यो । सुगौली सन्धिले त्यसबेलाको गोरखा राज्यलाई नेपाल राज्यको कानुनी मान्यता प्राप्त गरेको तथ्यलाई मान्नैपर्ने हुन्छ । त्यस्तै सन् १९२३ को नेपाल सरकार र ब्रिटिस सरकारबीच चन्द्र शमशेरको प्रयासमा भएको सन्धिले पहिलोपटक नेपाल सार्वभौमसत्ता र स्वतन्त्रताको कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यबाट मान्यता प्राप्त गर्‍यो ।

Wednesday, August 21, 2019

ईस्लाम धर्म, हाम्रो समुदाय र सामाजिक संजाल

( यो लेख "सामाजिक संजालमा साम्प्रदायिक विभेद र असहिष्णुता" शिर्षकमा अनलाइनखबरमा
२०७६ साउन १८ गते प्रकाशित )


धार्मिक विषय निकै संवेदनशील हुने गर्दछ । हामि धार्मिक विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो त ईस्लाममा आफुमा भएको ज्ञान अरुलाई बाड्नु पर्दछ भनिएको छ । त्यस्तै कस्तो व्यक्तिले ज्ञान बाड्दै छ त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै एक व्यक्तिको बुझाई संग केहि अर्थ लाग्दैन ।  वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई तोडमोड गर्ने कोसिस गरिरहेका छन् । जुन निकै निन्दनीय छ । म ईस्लाममा भनिएका आधारभूत कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरु बाट पूर्णरुपमा बच्न नसकेको मान्छे । जसले ईस्लामिक विषय लेख्न खोज्नु केवल मुर्खता हुने छ । त्यसो भनिरहदा म मुस्लिम समुदायको एक पात्र हो । समुदायमा हुने गरेका क्रियाकलाप प्रति सबैको चासो हुन्छ र हुनुपर्दछ । यहाँ ईस्लामिक ज्ञानगुन  बाड्ने भन्दा पनि सामाजिक चासोको विषयमा माथि आफ्ना मदभेद राख्न चाहन्छु।   

 

Monday, June 10, 2019

करिनाको बर्थडे




बिहेको रमझम सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो । अब पालो उसको बर्थडेको थियो । जुन बिहे पछिको पहिलो बर्थडे थियो । म पहिलो छोरि भएर होला मेरो हरेक बर्थडे रमाइलो संग मनाउदै आएको छौ ।  बर्थडे मेरो लागि एकदम स्पेसल छ । उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ । म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन। उ मुसुक्क हास्दै ठुस्किन्थी । भिडियो कलको अन्त्य अनि भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो  । जेठको ८ गते बिहेको मिति भन्दा बेसी तड्पाई भयो। कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन नआतिएको पनि होइन ।  फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो । 

Tuesday, September 4, 2018

राजाको सालिक



" राजाको भूतसंग तर्सिने दिन गए "

( स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा 
२०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )

आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो । ति पनि आधा अधुरा आरसिसि। उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला। राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो। त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ। त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो। किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो।

कतारमा नेपालीको फुटबल प्रेम

( वर्ल्डकप को सन्दर्भमा फ्यानजोनको सन्दर्भमा 
२०७५ साउन १ गते अनलाइन खबरमा प्रकाशित ) 
संसारका झण्डै ४० प्रतिशतलाई मानिसलाई कुनै न कुनै रुपमा प्रभावित बनाउँदै बहुप्रतिक्षित विश्वकप फुटबल सकिएको छ । रुसमा सम्पन्न उक्त फुटबलसँग नेपालीको कुनै चासो नहुँदा नहुँदै पनि नेपालका झण्डै १५ प्रतिशत जनतालाई यसले प्रभावित बनाएको अनुमान गर्न सकिन्छ । विश्वका विकसित देशका जनतालाई ५६ प्रतिशत र फुटबल खेल्ने मुलुकका जनतालाई यो खेलल ९७ प्रतिशत प्रभावित बनाएको आँकडा सार्वजनिक भएको छ । यसको अर्थ हो, यसले विश्वको ठूलो अर्थतन्त्रलाई यसले प्रभावित बनाएको छ र आगामी दिनमा यो बढ्दै जान्छ ।
२०२२ को वर्ल्डकप खेलाउन तयार देश कतारमा यसले प्रभावित बनाउनु स्वभाविक नै हो । र, नेपालको श्रम बजारको मुख्य हिस्सा रहेको कतारको रंगशाला बनाउन रातदिन मेहनत गरिरहेका नेपालीहरुको सन्दर्भमा नेपालमा यसको महत्व बढेर गएको छ ।

Saturday, July 21, 2018

एसईईको ‘पर्खाल’ नाघेकी भतिजीलाई काकाको पत्र !

तिमी मेरो ठूलो दाजु-भाउजुकी पहिली सन्तान । बुबाआमाकी पहिली नातिनी । र, हाम्रो परिवारकी पहिलो छोरी । तिम्रो आगमनले सम्पूर्ण हाम्रो परिवारमा खुसी छाएको थियो । तिम्रो आगमनले हाम्रो घरको आँगनमा उज्यालो थपेको थियो । अहिले तिम्रो उज्यालो मुहार देखेर हजुरबुबा हजुरआमामा जुन प्रकारको खुसी देख्छु, त्यो शब्दमा वर्णन गर्न सक्दिनँ । त्यसो त अहिले पनि तिम्रो मुहारमा मुस्कान ल्याउन सबै परिवार उतिकै प्रयत्न गरिरहेका छन् ।

Wednesday, June 20, 2018

सद्भाव बाँड्ने पर्व ईदउल फित्र


"कान्तिपुर डेलीमा असार ३, २०७५ प्रकाशित मेरो लेख" 

ईस्लाम धर्मावलम्बीहरु हरुको महान पर्व ईद उल–फित्र हो। जुन एक महिने रमजानको रोजा (वर्त) समाप्ति संगै मनाइने गरिन्छ । संसार भरिका मुस्लिमहरु यस पर्वलाई उत्सव तथा उमङ्ग साथ् मनाउने गर्दछन। ईद आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो। ईदको प्रार्थना संगै एक आपसमा क्षमा माग्ने र क्षमा दिने गरिन्छ। जसले समाज, छरछिमेक तथा आफन्तबीचको तिक्तता मेट्छ। समग्रमा ईदले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दछ।


Sunday, June 10, 2018

राजाको सालिक

(" राजाको भूतसंग तर्सिने दिन गए " स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा २०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )
          आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो । ति पनि आधा अधुरा आरसिसि। उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला। राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो। त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ। त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो। किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो।

Tuesday, May 29, 2018

कथा- खलासी देखि पाइलट सम्म



        केहि पर झिलिमिली शहर थियो। शहरको उज्यालो सापटी लिएर नै उसको घरको आगनी उज्यालो हुन्थ्यो। परिवारले एक अर्कालाई चिन्न सक्ने उज्यालो। महँगो मट्टीतेल औषधिको सिसीमा झुम्रो हालेको टुकी बाल्न सम्म गाह्रो थियो। टुकीको उज्यालो त केवल खाना खान र भाई बैनीले होमवर्क गराउनका निम्ति मात्र थियो।

Thursday, May 10, 2018

नेपालका कम्युनिष्ट र धर्म

( २०७५ वैशाख २४ गते नेपालको लोकप्रिय अनलाइन पत्रिका 'अनलाइन खबर' मा  प्रकाशित) 
नेपाल बहु धर्म, जाति र संस्कृति भएको देश हो । हाल नेपालमा कम्युनिष्ट पार्टीहरूको बहुमतीय सरकार छ । नेपालका सबै कम्युनिष्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ । जसले पार्टीभित्र नै भ्रातृ संगठन खोलेका छन् । कुनै व्यक्ति कुनै पार्टीप्रति आस्था हुनु भनेको पार्टीको नीति र सिद्धान्त आफू अनुकूल हुनु हो । अर्थात् मानिसहरू पार्टीको विधान पढेर, सुनेर, बुझेर अनि मनन गरेर नै उक्त पार्टीको सदस्य बन्ने गर्छन् । कम्युनिष्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन । नेपालका कम्युनिष्टहरू पनि धर्मप्रति सकारात्मक देखिँदैनन् । जुन कम्युनिस्ट शीर्ष नेताहरूको क्रियाकलापले दर्शाउँछ । तथापि धर्मकर्ममा विश्वास गर्ने कम्युनिष्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भन्ने विषय सोचनीय छ ।

Tuesday, March 27, 2018

अविस्मरणीय हवाई दुर्घटना र यथार्थता



(मेरो लेख २०७४ चैत १२ मा नयाँ विकल्प साप्ताहिक पत्रिका तथा  www.nayabikalpa.com मा प्रकाशित)       
     
        आज केहि बेर भएको थियो फेसबुक नहेरेको
। युएस बंगला एअरलाइन्सको जहाज ल्यान्डिङ गर्ने क्रममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा दुर्घटना भएको खबरले न्युजफिड भरिएको रहेछ। केहि महिना यता सिरियामा भएको नरसंहारका दर्दनाक फोटो भिडियोहरु ले मन मंस्तिस्कामा नराम्रो छाप छोडेको बेला फेरी अर्को दुखद समाचार आयो।  वास्तबमा दुखद समाचार सुन्न हेर्न र बुझ्न मनै छैन। मन भित्र बाट दुर्घटनामा मृत्यु हुने र घाइतेहरु का निम्ति प्रार्थना गरे। त्यसपछि राति सम्म फेसबुक र अन्य कुनै पनि समाचार हरु हेरिन। बेलुकाको खाना खाने समय भयो। आमाले घर देखि पठाउनु भएको अचार प्लेटमा हाल्दै गर्दा झसंग झस्किए। म विदेशमा छु। म नेपाल फर्किनु छ। त्यहि बिमान स्थल हुदै। राति अबेर सम्म निद्रा लागेन।

Monday, February 12, 2018

मुस्लिम समुदाय, राज्यको विभेद र यसको न्यूनीकरण


 ( नेपाली मुस्लिम डट कम मा २२ चैत्र २०७४, बिहीबार प्रकाशित मेरो लेख ) 
                    नेपालको इतिहास फर्केर हेर्दा तत्कालिन शासक हरुले सर्वसाधारण जनताले पढ्नु हुदैन भन्ने सोच राख्दथे। राजा अथवा राणाहरु यस विषयमा खासै जनता प्रति उद्दार नदेखिनु का विविध कारण हरु होलान। प्रमुख कारण भनेको जनता शिक्षित भए जनता माथि शासन गर्न पाउदैनौ भन्ने हो। एक पछि अर्को गरि शासक हरु लोप हुदै गए । देशमा प्रजातन्त्र आयो।  प्रजातन्त्र आए पछि पनि शिक्षा सर्वसाधारण को पहुच भन्दा बाहिर थियो । राज्यमा विभेद को शृंखला रोकिएको थिएन। त्यहि विभेदका कारण यो समुदाय पढ्ने र त्यो समुदाय नपढ्ने भनेर विल्ला थमाउने काम भयो। हामि मुस्लिम समुदाय नपढ्ने समुदायमा पर्यौ ।

Saturday, September 30, 2017

नेपाल आइडल 2017

              मुख बजाउने ले होइन, भोट हाल्ने ले जिताए नेपाल आइडल



           नेपाली टेलिभिजन को इतिहासमा नेपाल आइडल ले नयाँ आयाम थपेको छ। नेपालमा पनि अन्तरास्ट्रिय स्तरका कार्यक्रम हुने गर्छन भन्ने उदाहरण यसले प्रस्तुत गरिसकेको छ। नेपाल आइडल जसले पहिलो पल्ट म जस्ता नेपाली सो नहेर्ने दर्शकहरु लाई पनि आकर्षित गरेको थियो। म प्राय एपिसोड हरु नछुटाई हेर्ने गर्थे। यसै सन्दर्भमा निशानको आवाज को म प्रसंसक भए। निशान को स्वर वास्तबमा तारिफ गर्न लाएक को छ । नेपाल को पहिलो आइडल निशान हुनु पर्छ भन्ने पक्षमा धेरै तर्क हरु गर्थे। निशान बटम ३ मा पर्दा निकै निराश हुन्थे। आइडल को पुरै शो हेर्न नपाए पनि युटुबमा कमसेकम निशान को प्रस्तुति भने हेरेको हुन्थे।

Saturday, July 22, 2017

मैले देखेको कतार


                      कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ‘कतारा’ बाट कतार नामकरण भएको हो l  जुबारा र जिक्रित कतारको उद्गमस्थल हो  l जहाँ हजारौ बर्ष पहिले का मानव सभ्यताको अवशेसहरु भेटिन्छन l यो देश बिभिन्न कालखण्ड पार गर्दै सन् १९७१ मा स्वतन्त्र भयो  l पूर्ण राजतन्त्र रहेको यस देशमा सरिया कानुन अर्थात् इस्लामिक कानुन मुख्य कानुन रहेको छ  l प्राचीनकालमा कतार मोतिको उत्खनन र व्यापार बाट प्रसिद्ध थियो  l अहिले यो देश तेल तथा ग्यास को निर्यात गर्ने मुलुक भनेर चिनिने गर्दछ  l २०२२ को विश्व कप फुटबल को जिम्मेवारी पाएको यस देश ले खेल क्षेत्र बाट आफ्नो पहिचान बनाएको छ l

Saturday, July 8, 2017

कथा : छोराको फुली

               केही दिनदेखि घोडामा सवार हुने गाउँले पञ्च भलाद्मीहरू गद्गद् थिए । सामान अनि मान्छे बोक्ने मोटर गुड्ने बाटो बन्दै छ भनेर । मोटरको बारे बुझ्नेहरू वादविवाद गर्थे, घोडेटो नभएको ठाउँमा मोटरबाटो कसरी बन्ने भनेर । केही दिनमा सर्भे भयो अनि बाटो खन्ने काम सुरु भयो । ज्यालादारीमा बाटो खन्न यस भेगका मान्छे प्रायः मजदुरी गर्न थाले । बाँदर लड्ने भीरमा पनि बम बारुद साबेल घनको मदतले बाटो खन्दै गए । यति फराकिलो बाटो हिँड्ने मोटर के होला ? जवान ठिटाहरूमा जिज्ञासा हुने गर्दथ्यो । सात दिन पैदल हिँडेर बटौली गएका भरिया अथवा साहुजीहरूको मात्र मोटर देखेका हुन्थे । कच्ची बाटो खन्ने काम सकियो । मोटर देख्ने सौभाग्य यस भेगका मान्छेलाई मिल्यो । टाढा टाढादेखि मोटर हेर्नेको भीड लाग्थ्यो । पन्जाबीको ट्रक धुलो उडाउँदै आउँदा बच्चाहरू आमाको गुनियो पछाडी लुक्ने गर्थे । महिलाहरू भगवानको नाम जप्दै मोटरलाई नमन गर्थे । बसलाई पर घुम्ती नकटुन्जेल हेरिरहन्थे । केही ठिटाहरू भने धुलोको बेवास्ता गर्दै परसम्म मोटरको पिछा गर्थे ।

Thursday, December 29, 2016

जीवन किनबेचका कुरा..

           उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका l न रंग थियो न चमक l एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो l अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो l पहिरन पनि केवल देखाउन का निम्ति जस्तो l पानि दिने बहानामा उ आफुलाई हामि बीच देखाउन ल्याउदा को कुरा थियो l मैले उ ढोका भित्र पस्दै गर्दा उसलाई हेर्ने चान्स गुमाए l अर्को चान्स मैले पानिको ग्लास समाउदै गर्दा पाएको थिए l लाज सरम अथवा सम्मान l मेरा नयन किन झुके थाहा भएन l म संगै को अर्को कसैले पानि को ग्लास समाउदै गर्दा उसका ति सबै कुरा हरु नियाल्न भ्याएको थिए l यति भनिरहदा उ आखाँ मा नबसेकी चाही होइन l