स्कुलमा एउटा भिन्नै किसिमको रौनक थियोl सबैका मनहरु खुसि देखिन्थेl स्कुल अगाडी
सिरिसको फुल भुइभरि अनि फुच्चा फुच्चीहरु त्यसैमा रमाउदै थिएl नयाँ बर्षको उल्लास
सबैमा छाएको थियोl हामि एक रुपिया
वाला पोस्ट कार्ड पठाउने उमेर पार गरेका थियौ अर्थात ग्रिटिंग कार्ड अनि गिफ्ट
पठाउन सक्ने भएका थियौl साथीहरु एक हप्ता अघि देखि नै क्लासमा डेस्क कुर्न छाडेका थिएl कसैले आएर आफ्नो बेगमा ग्रिटिंग कार्ड राख्ने
मौका पाओस भनेरl मिल्ने साथि देखि नयाँ साथिहरु को पनि कार्ड आएर बसेको
हुन्थ्यो ब्यागमाl कार्डमा लेखिएका शब्दहरु ले निर्धारण गर्दथ्यो उ कस्तो
किसिमको साथी बन्न चाहन्छ भनेरl कार्ड आउने जाने हल्ला पहिले नै चलिसकेको हुन्थ्योl फेरी पनि ब्यागमा आफै आएर बसेको कार्डले अर्कै तरंग पैदा हुन्थ्योl जीवनमा कार्डहरु धेरै नै आए गए अनि कार्ड पठाउने बिषेश
दिनहरु पनिl तर कुनै कार्ड र दिन भने याद बनेर बसेका छनl प्रतेक नयाँ बर्षमा झुल्किने वाचामाl
Tuesday, April 14, 2015
Wednesday, April 8, 2015
Subscribe to:
Posts (Atom)
-
कोरोना भाइरससँगको यात्रा–२ माघ १३, २०७७ २०७७ माघ १३ गते रातोपाटीमा प्रकाशित दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् य...

