स्कुलमा एउटा भिन्नै किसिमको रौनक थियोl सबैका मनहरु खुसि देखिन्थेl स्कुल अगाडी
सिरिसको फुल भुइभरि अनि फुच्चा फुच्चीहरु त्यसैमा रमाउदै थिएl नयाँ बर्षको उल्लास
सबैमा छाएको थियोl हामि एक रुपिया
वाला पोस्ट कार्ड पठाउने उमेर पार गरेका थियौ अर्थात ग्रिटिंग कार्ड अनि गिफ्ट
पठाउन सक्ने भएका थियौl साथीहरु एक हप्ता अघि देखि नै क्लासमा डेस्क कुर्न छाडेका थिएl कसैले आएर आफ्नो बेगमा ग्रिटिंग कार्ड राख्ने
मौका पाओस भनेरl मिल्ने साथि देखि नयाँ साथिहरु को पनि कार्ड आएर बसेको
हुन्थ्यो ब्यागमाl कार्डमा लेखिएका शब्दहरु ले निर्धारण गर्दथ्यो उ कस्तो
किसिमको साथी बन्न चाहन्छ भनेरl कार्ड आउने जाने हल्ला पहिले नै चलिसकेको हुन्थ्योl फेरी पनि ब्यागमा आफै आएर बसेको कार्डले अर्कै तरंग पैदा हुन्थ्योl जीवनमा कार्डहरु धेरै नै आए गए अनि कार्ड पठाउने बिषेश
दिनहरु पनिl तर कुनै कार्ड र दिन भने याद बनेर बसेका छनl प्रतेक नयाँ बर्षमा झुल्किने वाचामाl
क्लासमा मन पर्ने चहेराहरु मा ऋतु पनि एक थिइl उसको तारिफमा म धेरै शब्द त खर्चिन् तर ऋतु अरु भन्दा बेग्लै थिइl त्यसैले होला ऋतुको ग्रिटिंग कार्डको प्रतिक्षा क्लासका सबै
केटाहरु लाई हुने गर्दथ्योl यो बर्षको भोलि अन्तिम दिन त्यसैले स्कुल भरि ग्रिटिंग पठाउने पाउनेको चर्चा थियोl कसैको मुहार खुसि त कसैको मलिनl कसैको कार्ड फर्किए अनि कसै का च्यातिए पनिl मलाई त्यसको केहि परवाह थिएनl स्कुल या क्लास बाट विशेष कार्ड आउने सम्भावना
थिएनl स्कुल छुट्टि भयोl घर फर्किदै गर्दा कता कता मेरो ब्यागमा केहि छ जस्तो लाग्योl ब्यागमा ऋतुको नामको ग्रिटिंग थियोl यो भन्दा ठुलो
सरप्राइज केहि थिएनl घर सम्म म उडेर आए या गुडेर पत्तै भएनl गिफ्ट पसलमा निकै
बेर लगाएर एउटा कार्ड किनेl अब त्यहाँ के
लेख्ने भनेर सोचिरहेl राती त शब्द फुरेन बिहान सम्म फुर्ने आशमा बेड तिर लागेl निद्रा भन्दा धेरै के लेख्ने भनेर सोच्न आयो l झ्याल खुल्ला थियोl जुनको उज्यालो असरल्ल परेर भित्ता हुदै मेरो बेड
सम्म छरिएको थियोl आखाँमा अध्यारो के छाएको
थियो ऋतु भिसा अनि पासपोर्ट बिना मेरो हृदयलोकमा आइl त्यसपछि के भयो
याद भएन तर बिहान आफै सायरी फुर्योl
आज स्कुलमा ग्रिटिंग पठाउने वाली संग के
हुने हो मनमस्तिष्कमा यो भन्दा
अरु केहि थिएनl म र मेरो साथि फुर्के अरु दिन भन्दा केहि पहिले
नै स्कुल तिर लाग्यौl हामी ढोका संगैको झ्यालमा उभिएका थियौl केहि समय पछि ऋतुको अगाडी देखा परिl आज उ निकै भिन्न लागिरहेकी थिइl l मनमा फिल्मको
हिरो हिरोइन संग लव सिन गरेको जस्तो सिन आयोl फुर्केको हर्कत ले म झसंग भएl फुर्के ऋतु लाई खाउला
जस्तै ट्वाल्ल परेर हेर्दै थियोl एकदम मिल्ने साथी फुर्के भेलेनको अवतर मा देखेl मन भित्र संकाको तिर गढ़योl छिटो छिटो
क्लासमा गएर ब्याग खोलि ग्रिटिंग हेरेl ऋतु नै थिइ त्यो कार्ड पठाउनेl मन लाई शान्त बनाउदै सोचे राम्रो फुलमा सबैको आखाँ पर्छl
पहिले बर्षहरु मा जस्तो सबै साथीहरु
ले मलाई ब्ल्याक बोर्डमा शुभकामना
लेख्न भनेl स्कुलमा कुन क्लासको ब्ल्याक बोर्ड राम्रो भन्ने एउटा प्रतिस्पर्धा जस्तो
हुन्थ्योl सबैको फेब्रेट सर क्लासमा आउनु भयोl सबैलाई शुभकामना दिदै क्लासका चल्ताफिर्ताहरु बाट
पनि शुभकामना सहित गित गाउने जोक्स
सुनाउने वा अन्य केहि कुरा गर्न लगाउनु भयोl मैले ग्रिटिंगमा लेखेको सायरी वाचन गरेl ताली बज्यो होला मैले सुनिनl किन कि उसको ध्यान न मेरो सायरी तिर थियो न म तिर l सरले लजालु ऋतुको नाम लिनु भयो l उसले मेरो सायरी को बेवास्ता गरेको बद्ला लिन म झ्याल
बाहिर हेरे जस्तो गरे l सबै ध्यान ऋतु,
ऋतुको स्वर अनि कार्ड कसरि दिने भन्नेमा थियोl ऋतु न त दिनभरि बाहिर निस्कि न कसैलाई फुर्सद नै भयो मेरो ग्रिटिंग कार्ड उ सम्म पुराईदिनl त्यस्तो त म यो कार्डको चर्चा नहोस भन्ने चाहन्थेl स्कुल छुट्टि
भयो सबै साथिहरु सबैले एक अर्का लाई शुभकामना दिदै घर तिर लागे l उ मेरो अगाडी आएर मन्द मुस्कान सहित ह्यापी न्यु इअर भनेर
आफ्नो बाटो लागिl ऋतुले मेरो धन्यवाद र शुभकामना
सुन्ने कस्ट गरिनl ऋतुले त्यो दिन कार्ड हैन
केहि टुक्रा मुटु लिएर गईl ग्रिटिंग म संगै
घर फर्कियोl
आज नयाँ बर्षको दिनl टोल अनि स्कुलका
केहि साथीहरु मिलेर न्यु इयर मनाउने बहानामा फूलबारी तिर लाग्यौl मेरो साथि फुर्के नाम जस्तै फुर्की रहेको थियोl सबै आ-आफ्नो गफ हान्दै रमाएका थिएl त्यतिकैमा फुर्केले ऋतु लाइ ग्रिटिंग कार्ड पठाएको र उसले पनि आफु लाई
पठाएको कुरा सुनायोl फुलबारीको सबै फुलहरु ओइलाएl वरिपरिका बगैचा
कुरूप झाडी जस्तो लाग्न थाल्योl मन उदास भयोl फुर्केलाई केहि जवाफ दिईनl नयाँ बर्षको
पहिलो दिन झुटो हासो हास्ने प्रयास मै बित्योl बाहिर जुन
लागेको थियो थिएन मेरो कोठामा चाही ग्रहण लागेको थियोl सायद झ्यालको पर्दा ले हो या फुर्केको कुरालेl एकाबिहानै फुर्के ढोका फुट्ने गरि ढक-ढकाउदै मेरो बल्ल
बल्ल बन्द आखाँ लाई खोल्न जुलुम गर्दै थियोl मेरो टमाटर
जस्ता राता आखाँ देखे पछि उ सरि भन्दै नोट माग्योl म नोट ब्यागमा छ
भन्दै आखाँ को रातो मेटाउन अर्को कोल्टे फेरेl फुर्केले मेरो
ब्याग बाट नोट झिक्दै गर्दा ऋतु र मेरो ग्रिटिंग कार्ड देखेछl उसलाई नराम्रो लाग्नु स्वाभाविक थियोl ऋतु लाई नराम्रो सोच्नु उ बाध्य थियोl तर फुर्केले स्कुल भरि हल्ला फैलाउनु गल्ति गरेको थियोl जसले गर्दा ऋतु हामी संग टाढा भईl त्यस्तो त्यो दिन
देखि फुर्के र म बीच सित युद्द चलेको थियोl ऋतु संग दुइ बर्ष सम्म आखाँ पनि जुधेनl उसले सबै दोष मलाई लगाएकी थिइl
टेस्ट पासको फेरवेल पार्टीमा ऋतुको डान्स
हेर्ने मौका पाएl मयुरको भन्दा कम थिएन रे
मेरो साथि कोट्याउँदै मलाई कानमा भन्दै थियोl म आफ्नो क्यामेरा
बाट उसको भिडियो लिइरहेको थिएl केहि बेर पछि
ऋतु मेरो भिडियो हेरौ भन्दै म संगै आएर बसीl वास्तवमा भन्नु
पर्दा कार्ड पठाउनु अघि र कार्ड पठाए पछि हामी यसरि औपचारिक रुपमा बोलेको पहिलो
पल्ट थियोl केहि बेर हाम्रो गफ भयो उ एक्लै बर्बराउदै थिइl म उसका टपक्क मिलेका ओठ को चाल हेर्दै मा मस्त थिएl त्यस्तैमा उसको आवाज केहि रुझेको, भिजेको जस्तो सुन्न थालेl फुर्केले ग्रिटिंग कार्ड र गिफ्ट पठाएको अनि उसलाई
मात्र पठाउदा हल्ला फैलिने डरले हामी दुई जनालाई कार्ड पठाएको कुरा मात्र बुझेl म आफुले त्यो हल्ला फैलाएको थिइन् भनेर सफाई लिइरहन चाहिनl किन कि ऋतुको अदालतले मलाई सफाई दिइसकेको थियोl
नयाँ बर्ष २०७२ को शुभकामना!
वाहिद अलि
२०१५-०४-१४

No comments:
Post a Comment