Monday, February 12, 2018

मुस्लिम समुदाय, राज्यको विभेद र यसको न्यूनीकरण


 ( नेपाली मुस्लिम डट कम मा २२ चैत्र २०७४, बिहीबार प्रकाशित मेरो लेख ) 
                    नेपालको इतिहास फर्केर हेर्दा तत्कालिन शासक हरुले सर्वसाधारण जनताले पढ्नु हुदैन भन्ने सोच राख्दथे। राजा अथवा राणाहरु यस विषयमा खासै जनता प्रति उद्दार नदेखिनु का विविध कारण हरु होलान। प्रमुख कारण भनेको जनता शिक्षित भए जनता माथि शासन गर्न पाउदैनौ भन्ने हो। एक पछि अर्को गरि शासक हरु लोप हुदै गए । देशमा प्रजातन्त्र आयो।  प्रजातन्त्र आए पछि पनि शिक्षा सर्वसाधारण को पहुच भन्दा बाहिर थियो । राज्यमा विभेद को शृंखला रोकिएको थिएन। त्यहि विभेदका कारण यो समुदाय पढ्ने र त्यो समुदाय नपढ्ने भनेर विल्ला थमाउने काम भयो। हामि मुस्लिम समुदाय नपढ्ने समुदायमा पर्यौ ।

Saturday, September 30, 2017

नेपाल आइडल 2017

              मुख बजाउने ले होइन, भोट हाल्ने ले जिताए नेपाल आइडल



           नेपाली टेलिभिजन को इतिहासमा नेपाल आइडल ले नयाँ आयाम थपेको छ। नेपालमा पनि अन्तरास्ट्रिय स्तरका कार्यक्रम हुने गर्छन भन्ने उदाहरण यसले प्रस्तुत गरिसकेको छ। नेपाल आइडल जसले पहिलो पल्ट म जस्ता नेपाली सो नहेर्ने दर्शकहरु लाई पनि आकर्षित गरेको थियो। म प्राय एपिसोड हरु नछुटाई हेर्ने गर्थे। यसै सन्दर्भमा निशानको आवाज को म प्रसंसक भए। निशान को स्वर वास्तबमा तारिफ गर्न लाएक को छ । नेपाल को पहिलो आइडल निशान हुनु पर्छ भन्ने पक्षमा धेरै तर्क हरु गर्थे। निशान बटम ३ मा पर्दा निकै निराश हुन्थे। आइडल को पुरै शो हेर्न नपाए पनि युटुबमा कमसेकम निशान को प्रस्तुति भने हेरेको हुन्थे।

Saturday, July 22, 2017

मैले देखेको कतार


                      कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ‘कतारा’ बाट कतार नामकरण भएको हो l  जुबारा र जिक्रित कतारको उद्गमस्थल हो  l जहाँ हजारौ बर्ष पहिले का मानव सभ्यताको अवशेसहरु भेटिन्छन l यो देश बिभिन्न कालखण्ड पार गर्दै सन् १९७१ मा स्वतन्त्र भयो  l पूर्ण राजतन्त्र रहेको यस देशमा सरिया कानुन अर्थात् इस्लामिक कानुन मुख्य कानुन रहेको छ  l प्राचीनकालमा कतार मोतिको उत्खनन र व्यापार बाट प्रसिद्ध थियो  l अहिले यो देश तेल तथा ग्यास को निर्यात गर्ने मुलुक भनेर चिनिने गर्दछ  l २०२२ को विश्व कप फुटबल को जिम्मेवारी पाएको यस देश ले खेल क्षेत्र बाट आफ्नो पहिचान बनाएको छ l

Saturday, July 8, 2017

कथा : छोराको फुली

               केही दिनदेखि घोडामा सवार हुने गाउँले पञ्च भलाद्मीहरू गद्गद् थिए । सामान अनि मान्छे बोक्ने मोटर गुड्ने बाटो बन्दै छ भनेर । मोटरको बारे बुझ्नेहरू वादविवाद गर्थे, घोडेटो नभएको ठाउँमा मोटरबाटो कसरी बन्ने भनेर । केही दिनमा सर्भे भयो अनि बाटो खन्ने काम सुरु भयो । ज्यालादारीमा बाटो खन्न यस भेगका मान्छे प्रायः मजदुरी गर्न थाले । बाँदर लड्ने भीरमा पनि बम बारुद साबेल घनको मदतले बाटो खन्दै गए । यति फराकिलो बाटो हिँड्ने मोटर के होला ? जवान ठिटाहरूमा जिज्ञासा हुने गर्दथ्यो । सात दिन पैदल हिँडेर बटौली गएका भरिया अथवा साहुजीहरूको मात्र मोटर देखेका हुन्थे । कच्ची बाटो खन्ने काम सकियो । मोटर देख्ने सौभाग्य यस भेगका मान्छेलाई मिल्यो । टाढा टाढादेखि मोटर हेर्नेको भीड लाग्थ्यो । पन्जाबीको ट्रक धुलो उडाउँदै आउँदा बच्चाहरू आमाको गुनियो पछाडी लुक्ने गर्थे । महिलाहरू भगवानको नाम जप्दै मोटरलाई नमन गर्थे । बसलाई पर घुम्ती नकटुन्जेल हेरिरहन्थे । केही ठिटाहरू भने धुलोको बेवास्ता गर्दै परसम्म मोटरको पिछा गर्थे ।

Thursday, December 29, 2016

जीवन किनबेचका कुरा..

           उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका l न रंग थियो न चमक l एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो l अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो l पहिरन पनि केवल देखाउन का निम्ति जस्तो l पानि दिने बहानामा उ आफुलाई हामि बीच देखाउन ल्याउदा को कुरा थियो l मैले उ ढोका भित्र पस्दै गर्दा उसलाई हेर्ने चान्स गुमाए l अर्को चान्स मैले पानिको ग्लास समाउदै गर्दा पाएको थिए l लाज सरम अथवा सम्मान l मेरा नयन किन झुके थाहा भएन l म संगै को अर्को कसैले पानि को ग्लास समाउदै गर्दा उसका ति सबै कुरा हरु नियाल्न भ्याएको थिए l यति भनिरहदा उ आखाँ मा नबसेकी चाही होइन l

Thursday, July 28, 2016

चुच्चे रेल

              


      
   झिसमिसे अध्यारो मै क्याम्प जागेको छ l  धुलाम्य रुखमा चराचुरुंगी हरु को चिरबिर अनि मान्छे हरुको गाइगुइ ले क्याम्प कोलाहल छ l निला ड्यान्ग्री सेफ्टी जुत्ता अनि एउटा हातमा टिफिन र अर्को मा हेल्मेट बोकेका योद्धा हरु यो देश र आफ्नो भविष्य बनाउने युद्दमा जानका निम्ति तयार हुन्छन l  नेपालमा जस्तै टाटा बसको हर्न बज्छ l एकछिन लाई सबैमा बालापन छाउछ l हतारिदै सिट रोक्न दौडिन्छन  l धुलो उड्छ l नाक छोप्दै बसमा उक्लिन्छ श्यामसुन्दर l उ ढुक्क थियो सधैको जस्तो रामेले सिट रोकेको छ भनेर l आज रामे संग अरु कोहि बसिसकेको देखेर श्यामसुन्दर एकछिन अल्मलिन्छ l उसका आखाँले भरिएका सिट हरुमा खालि ठाउँ खोज्छ l इजिप्टसियन फोरमेन क्याप्टेन जस्तै रुखो कडा उस्ले आफुले बुझ्ने भाषामा उसको नाम साम राखिदिएको छ l त्यसैले सबै साथीहरु श्यामसुन्दर लाई साम भनेर नै चिन्ने गर्दछन l पछाडी सिट बाट बंगाली साथीले साम भनेर बोलाउदै खालि सिट तिर इसारा गर्छ l  साम बंगाली को छेउमा गएर बस्छ l

Monday, June 27, 2016

रमजान


             इस्लाम धर्म को पवित्र महिना रमजान भोलिबाट सुरु हुदै छ। धार्मिक गुरुहरु र चन्द्रमा हेर्ने कमिटिले रमजान को अघिल्लो दिन सूर्यास्तको बेला चन्द्रमा देख्ने बित्तिकै भोलिपल्ट रमजान सुरु भएको घोषणा गर्दछन। त्यहि आधारमा सम्पूर्ण मुस्लिमहरु रमजानको रोजा राख्ने गर्दछन।

         रमजान इस्लामिक क्यालेण्डर को नवौ महिना हो। रमजानको महिना इस्लाम धर्मावलम्बीका निम्ति निकै महत्वपूर्ण छ। इस्लाम धर्मको सबैभन्दा ठुलो ग्रन्थ कुरानको पूर्ण अंश यहि महिनामा अवतरित भएको थियो। अल्लाहको सबैभन्दा प्यारो अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाम (उहाँ माथि शान्ति होस्) मक्काबाट हिज्जरत (प्रस्थान) गरेर मदिना गएको दुई वर्षपछिदेखि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो। अशक्त, विमारी, सुत्केरी र बच्चा बाहेक का सम्पूर्ण बालिग उमेरका मानिसहरु लाई रमजानको रोजा राख्नु अनिवार्य छ।