Friday, January 8, 2016

पत्तो छैन

खुसि खोज्न दौडिएका थकित खुट्टाहरु
राम्रो खोज्दै तड्पिएका मनहरु
पत्तो छैन खुसि कहिले भेट्ने राम्रो कहिले देख्ने
पत्तो छैन सास अनि मुटु कहिले सम्म चल्ने

Tuesday, November 3, 2015

मन

सपना पुरा नभएर
जीवन नचल्ने कहाँ हुन्छ  र
त्यसो त पुरा भएका सपनाबाट 
सन्तुष्ट हुने मन कहिले होइन  

भर्खर मुस्कुराएको बिर्सना भयो
अस्ति बिझेको काँडा चस्की रह्यो
सबै खुसि लुट्ने आफ्नै मन
कस्तो बिडम्बना,   
फेरी पनि सम्हाली राख्नु पर्ने

Sunday, May 3, 2015

एक पटक फेरी बाच्न मन छ


एक पटक फेरी बाच्न मन छ
फेसबुकमा चुच्चे सेल्फीमा लाइक हान्न मन छ
अनि पुरानै खाले अपडेट हरु हेर्न मन छ
च्याटिंगमा मिठा मिठा कुराहरु साट्न रहर छ

Tuesday, April 14, 2015

नयाँ बर्षको ग्रिटिंग

           स्कुलमा एउटा भिन्नै किसिमको रौनक थियोl सबैका मनहरु खुसि देखिन्थेl  स्कुल अगाडी सिरिसको फुल भुइभरि अनि फुच्चा फुच्चीहरु त्यसैमा रमाउदै थिएl नयाँ बर्षको उल्लास सबैमा छाएको थियोl  हामि एक रुपिया वाला पोस्ट कार्ड पठाउने उमेर पार गरेका थियौ अर्थात ग्रिटिंग कार्ड अनि गिफ्ट पठाउन सक्ने भएका थियौl साथीहरु एक हप्ता अघि देखि नै क्लासमा डेस्क कुर्न छाडेका थिएl कसैले आएर आफ्नो बेगमा ग्रिटिंग कार्ड राख्ने मौका पाओस भनेरl मिल्ने साथि देखि नयाँ साथिहरु को पनि कार्ड आएर बसेको हुन्थ्यो ब्यागमाl कार्डमा लेखिएका शब्दहरु ले निर्धारण गर्दथ्यो उ कस्तो किसिमको साथी बन्न चाहन्छ भनेरl कार्ड आउने जाने हल्ला पहिले नै चलिसकेको हुन्थ्योl फेरी पनि ब्यागमा आफै आएर बसेको कार्डले अर्कै तरंग पैदा हुन्थ्योl जीवनमा कार्डहरु धेरै नै आए गए अनि कार्ड पठाउने बिषेश दिनहरु पनिl तर कुनै कार्ड र दिन भने याद बनेर बसेका छनl प्रतेक नयाँ बर्षमा झुल्किने वाचामाl

Wednesday, April 8, 2015

कसलाई के वास्ता


कोहि गर्जिन्छन, कोहि बर्सिन्छन, कोहि स्थिर
कोहि उठ्छन, कोहि भासिन्छन, कोहि स्थिर
स्थिर, शान्त अनि मौन  जसको के वास्ता
उर्लिने, चम्किने, गर्जिने कै चारै तिर चर्चा

Thursday, March 19, 2015

नेपालीहरु को लागि कतार स्वर्ग हो यदि आफु दक्ष छौ भने

         
        मानव सभ्यताको अध्ययन गर्दा आफ्नो अनुकूलता अनुसार बसाई सर्ने चेतनशिल प्राणी हो l  गाउँबाट बजार, बजारबाट शहर अहिले त शहरबाट विदेश बसाइसराइ गर्नेहरु धेरै नै रहेको पाइन्छ l नेपालबाट यूरोप अमेरिका जापान जस्ता देशहरु मा शिक्षा रोजगारी व्यापारका निम्ति जाने मध्य अधिकांस उतै पलायन हुने गर्दछन l नेपालबाट रोजगारीका लागि जाने देशहरु मध्य कतार पनि एउटा देश हो l सरकारी तथ्यांक अनुसार चार लाख नेपाली कतारमा रहेका छन् l कतारमा बिदेशीलाई नागरिकता दिने प्रावधान नभएकाले यहाँ नितान्त रोजगारको निम्ति आउने गर्दछन l केहि समययता रोजगारी संगै व्यापारको निम्ति पनि आउने गरेको सुनिन्छ  l आफ्नो हैसियत अनुसार जस्तो सुकै काम सजिलै प्राप्त गर्न सकिने कतारको बिशेषता हो l

Wednesday, April 30, 2014

निगममा शाही का अवशेष

-वाहिद अलि 
                  हिजो देशवासीका मुहारमा खुसि अनि केहि सम्भावना बोकेर ५८ सिटको ‘एमए ६०’ जहाज ले अवतरण गर्यो l २८ बर्ष पछि हामीले नया जहाज पाएका थियौ l जहाज किन्न जानेहरु अनि हाम्रो नयाँ जहाजको फोटो केहि दिन पहिले नै सार्बजनिक भएकाले जहाज भन्दा पनि जहाजको स्वागत कस्तो हुने हो भनेर फेसबुक देखि अनलाईन पत्रिकामा व्यग्रताका साथ प्रतिक्षामा थिए l दिउसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने साथ बिभिन्न सामाजिक संजाल भरि समाचार तथा फोटोहरु देख्न पाईयो l चाइनाको अन्य समान जस्तो एकदमै आकर्षक त्यो भन्दा पनि चन्द्र सुर्य सहित रातो निलो रंगले पोतिएको जहाज हाम्रो विमानस्थलमा देख्दा वास्तबमै हर्ष को कुनै सिमा थिएन l हाम्रो संस्कृति अनुसार बाजागाजा सहित पञ्चकन्याले स्वागत गरेको फोटो देख्दा गर्व महसुस भयो l अनुदानमा प्राप्त गरिएको भए पनि चाइनाले गरेको अनुदान थियो l हम तुम्हारे देशको अनुदान मे जहाज दिया है भनेर फुई नहान्ने देशले दिएको भएर मनमा कुनै संकोच थिएन l तर समाचारहरु अनि फोटोहरु आउने क्रममा कता कता मनमा केहि प्रश्न हरु उब्जिन थाल्यो l