Sunday, May 3, 2015
Tuesday, April 14, 2015
नयाँ बर्षको ग्रिटिंग
स्कुलमा एउटा भिन्नै किसिमको रौनक थियोl सबैका मनहरु खुसि देखिन्थेl स्कुल अगाडी
सिरिसको फुल भुइभरि अनि फुच्चा फुच्चीहरु त्यसैमा रमाउदै थिएl नयाँ बर्षको उल्लास
सबैमा छाएको थियोl हामि एक रुपिया
वाला पोस्ट कार्ड पठाउने उमेर पार गरेका थियौ अर्थात ग्रिटिंग कार्ड अनि गिफ्ट
पठाउन सक्ने भएका थियौl साथीहरु एक हप्ता अघि देखि नै क्लासमा डेस्क कुर्न छाडेका थिएl कसैले आएर आफ्नो बेगमा ग्रिटिंग कार्ड राख्ने
मौका पाओस भनेरl मिल्ने साथि देखि नयाँ साथिहरु को पनि कार्ड आएर बसेको
हुन्थ्यो ब्यागमाl कार्डमा लेखिएका शब्दहरु ले निर्धारण गर्दथ्यो उ कस्तो
किसिमको साथी बन्न चाहन्छ भनेरl कार्ड आउने जाने हल्ला पहिले नै चलिसकेको हुन्थ्योl फेरी पनि ब्यागमा आफै आएर बसेको कार्डले अर्कै तरंग पैदा हुन्थ्योl जीवनमा कार्डहरु धेरै नै आए गए अनि कार्ड पठाउने बिषेश
दिनहरु पनिl तर कुनै कार्ड र दिन भने याद बनेर बसेका छनl प्रतेक नयाँ बर्षमा झुल्किने वाचामाl
Wednesday, April 8, 2015
Thursday, March 19, 2015
नेपालीहरु को लागि कतार स्वर्ग हो यदि आफु दक्ष छौ भने
Wednesday, April 30, 2014
निगममा शाही का अवशेष
-वाहिद अलि
हिजो देशवासीका मुहारमा खुसि अनि केहि सम्भावना बोकेर ५८ सिटको ‘एमए ६०’ जहाज ले अवतरण गर्यो l २८ बर्ष पछि हामीले नया जहाज पाएका थियौ l जहाज किन्न जानेहरु अनि हाम्रो नयाँ जहाजको फोटो केहि दिन पहिले नै सार्बजनिक भएकाले जहाज भन्दा पनि जहाजको स्वागत कस्तो हुने हो भनेर फेसबुक देखि अनलाईन पत्रिकामा व्यग्रताका साथ प्रतिक्षामा थिए l दिउसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने साथ बिभिन्न सामाजिक संजाल भरि समाचार तथा फोटोहरु देख्न पाईयो l चाइनाको अन्य समान जस्तो एकदमै आकर्षक त्यो भन्दा पनि चन्द्र सुर्य सहित रातो निलो रंगले पोतिएको जहाज हाम्रो विमानस्थलमा देख्दा वास्तबमै हर्ष को कुनै सिमा थिएन l हाम्रो संस्कृति अनुसार बाजागाजा सहित पञ्चकन्याले स्वागत गरेको फोटो देख्दा गर्व महसुस भयो l अनुदानमा प्राप्त गरिएको भए पनि चाइनाले गरेको अनुदान थियो l हम तुम्हारे देशको अनुदान मे जहाज दिया है भनेर फुई नहान्ने देशले दिएको भएर मनमा कुनै संकोच थिएन l तर समाचारहरु अनि फोटोहरु आउने क्रममा कता कता मनमा केहि प्रश्न हरु उब्जिन थाल्यो l
Thursday, October 31, 2013
ईद २०१३
एकाबिहानै झिसमिसेमा गाडीको रफ्तारमा हामि हुइकिदै थियौ l हामि संगै ईद मनाउने एकजना दाजुको के समान छुटेछ आफ्नो डेरामा साथि जाउ भनेर आग्रह गर्नु भयो र म उहाँ संगै हिडेको थिए l गाडीका चाइचुइ आवाज मेटाउन नै होला दाईले गित घन्काउनु भयो l ईदको दिन भएका ले होला बाटो सुनसान थियो l गित हरु फेरिदै थिए अचानक एउटा मार्मिक गित बज्यो l मनमा एकै बेग हुरीबतास आए जस्तो भयो l म धुलो ले छोपिएका ति पुराना डायरी पल्टाउन थाले l बिर्सिसकेका अतित लाई कोट्याउँन थाले l गितका हरेक शब्द मेरा लागि लेखिएका हुन् जस्तो लाग्यो l त्यसो त आज पहिलो पल्ट सुन्दै भने होइन यो गित मेरा केहि मन पर्ने गित मध्यको एक थियो l रेगिस्तानका उराठलाग्दो दृश्यलाई अब आखाँले ठम्याउदै थियो l घामको रातो लालीले कुनै मात दिन सकिरहेको थिएन यो उजाड मरुभूमि लाई त्यसो त मेरो मन बहकाउने सवाल नै भएन l
Saturday, October 5, 2013
Subscribe to:
Posts (Atom)
-
- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित मोहम्मद वाहिद अलि एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काख...
-
तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहे न्थे । मन मा धेरै...






