Thursday, September 5, 2013

तिता मिठा पलहरु...


                  फिल्मी दृश्य जस्तो थियो उनिहरु लाई चियाउनेहरु का लागि अनि समद लाई पनि फिल्मका लागि दृश्य दिदै छु जस्तो लाग्दै थियो रे l बेगनास भन्ने ठाउँ समद को मन भित्र यसरि बस्यो कि कतै बेगनास भन्ने नाम सुन्ने बित्तिकै आफ्नो अगाडी भएका साथीभाई संग त्यो दिनको सम्झना गर्दै बेलिबिस्तार लागाउथ्यो l

Wednesday, June 12, 2013

रमजान महिना

अँधेरी रातमा
खस्यांग्खुसुंग हुदै छ
भान्सामा नै हो पक्कै
आमा सेहरि को तयारी गर्दै

अब नीद नै के रह्यो र
उठाउनु हुन्न कि
भन्ने दोधार संगै
निदाएका यी आखा

Tuesday, May 21, 2013

खलिफा स्टेडियम...


            मूलतः सन १९७६ देखि संचालनमा आएको कतारको ऐतिहासिक खलिफा स्टेडियम तत्काल एसियन गेमका निम्ति सन २००५ मा पूर्णरुपमा पुर्ननिर्माण गरि विस्तार गरिएको हो l सन २००६ को एसियन गेमको उद्घाटन अनि समापन समारोह गरिएको यस स्टेडियममा अन्तरास्ट्रीय स्तरका बिभिन्न ठुला गेमहरु भएका छन l जसमध्ये सन २००९ मा ब्राजिल र इंग्ल्यान्ड को मैत्री फुटबल गेम त्यस्तै सन २०१० मा ब्राजिल र अर्जेन्टिना बिचको गेम सम्पन्न भएको थियो साथै एसियन कप सन २०११ को फाइनल गेम पनि यहि स्टेडियममा भएको थियो l चालिस हजार सिट क्षमता भएको यो अत्याधुनिक स्टेडियम र त्यहाँ रहेको अस्पायर एकेडेमी, हमद एक्वाटिक सेंटर, अस्पायर टॉवर जसलाई दोहा स्पोर्ट्स सिटीको एक भागको रुपमा लिन सकिन्छ l 

Monday, April 15, 2013

अधुरो खासा यात्रा..


१३ अगष्ट २०१२ 

               दाजु भाई अध्यारो काठमाण्डौ को चहलपहल लाई नियाल्दै ठमेल पुगेर कफी पिएर ६ लेनको बाटोमा हुइकिदै थियौ l आफ्ना सबै अस्तव्यस्तता लाई थाती राखेर एउटा लामो यात्राको सोच बनाउदै अचानक दाईले भोलि खासा जाउँ भन्नु भयो मैले झट्टै हुन्छ भने l खासा मेरो लागि पहिलो पल्ट भए पनि त्यो मेरो लागि परिचित ठाउँ थियो l काठमान्डौ देखि तातोपानी सम्मको यात्रा लाई समेटेर बनेको डकुमेन्ट्री फिल्म केहि बर्ष पहिले नेपाल टेलीभिजन बाट हेरेको थिए अनि त्यहि बेला देखि खासा संग परिचित जस्तै थिए l त्यस्तै बिचमा पर्ने बन्जीजम्पिङ् जहाँ पुगेर खिचेका तस्बिरहरु ले केहि साथिहरु को फेसबुकमा देख्दा मनमा त्यहाँ पुग्ने रहर पहिले देखि नै थियो l त्यस पछि भोलि सबेरै उठ्नु छ भनेर हामी घर फर्कियौ l

Thursday, April 11, 2013

शुभकामना २०७० साल को...

चैत बैशाख का उराठिला दिनहरु देखिन

हुरीबतास ले उडाएका पातहरु भेटिन

म सन् मा डुबेको रहेछु,

सम्वत् लाई भुलेर

सम्झाइदिने कोहि भएनन,

शुभकामना का दुई अक्षर कोरेर !

Monday, April 8, 2013

एक पल


         
                                हामी एकदम उत्साहित थियौ l हाम्रो प्रतिक्षा अन्तिम बिन्दुमा थियो l आफ्नै कोठा अनि आफ्नै वेडले पनि बिर्सिसकेको रहेछ l दुई दिन बितिसक्दा पनि म अझै नौलो छु l रातको १२ बजिसकेको छ l अब म फुर्सदिलो छु l  म उ संग गफ्फिने सुरमा छु l अन्तर्राष्ट्रिय र राष्ट्रिय  कलरेट त फरक थियो नै यहाँ अरु कुरा पनि फरक हुदै थियो l  उ बाट अपेक्षा नगरेको जवाफ ले मन मा धेरै किसिम का तरंग पैदा भयो l म दुविधामा परे l सपना को दुनियाँ छु जस्तो भान भयो l फेरी त्यहि कुरा दोहोराउइ रहन चाहिन l

Saturday, March 3, 2012

बनभोज मरुभूमिमा..


            हिजोको दिन केहि सम्झना लायक दिनहरु मध्य एक थियो। दोहामा बिरलै हुने यस्तो कार्यक्रममा सहभागी हुने मौका मैले पनि पाएको थिए। जनसम्पर्कले राखेको बनभोज कार्यक्रम हालसालै मैले पनि सक्रिय सदस्यको बिल्ला पाएको साथै अजिज दाजु कार्यक्रम आयोजक भित्र हुनु भएकोले म लगायत अन्य दाजु भाइहरु पनि सहभागि हुने मौका पाएका थियौ।
            विदेश लागे देखि बिहीबारको रात निदाउन पाएको दिन सायद कमै होला सधै जस्तो आज पनि साथी भाईहरु रमाइलो गर्दै थिए  त्यस्तैमा भोलि बनभोजमा सबै जना जाने भनेर सल्लाह भयो। बिहान छिटो उठ्नु पर्छ भन्ने थाहा हुदा हुदै पनि लगभग बिहान ६ बजे तिर बल्ल आखाले विश्राम पाएको थियो। बिहान १० बजे तिर हैन लौ छिटो गरौ भन्दै सबै लाई उठाउदै हुनुहुन्थ्यो अजिज दाई हामि सबै जना तयार भयौ। गाडी पनि यस्सो टल्काउनु पर्छ कि भन्दै हुनु हुन्थ्यो जावल दाई फेरी दाजु भाई कस्सियौ गाडी पनि टलक्क टल्कियो जुम्माको नवाज बाटोमा पढ्ने भनेर हामी अगाडी बढ्यौ।