Tuesday, February 14, 2012

प्रेम दिवश

           
          इस्वी सम्बत २६९ रोमका भेलेन्टाइन नामका एक पादरीको हत्या भएपछि उनको सम्झनामा संसार भरि भेलेन्टाइन डे मनाइने गरिन्छ। सेन्ट भेलेन्टाइन रोममा एक पुजारी थिए। अन्धी अस्टेरियस संग को प्रेम सम्बन्ध गासिएका भेलेन्टाइनले आश्चर्यजनक तरिकाले उनकी अन्धी प्रेमीकाको दृष्टी खोल्न सफल भए। उनको यो कार्यबाट प्रभाभित भइ तत्कालीन सम्राट क्लाउडियस दित्तिय आफ्ना केहि कुरा बदल्न आदेश दिएपनि उनले सम्राटनै बदल्न कोशिस गरिपछि अन्त्यमा मृत्युदण्ड दिइयो । भेलेन्टाइनलाइ अन्त्यमा आफ्नो अन्तीम इच्छा व्यक्त गर्न आग्रह गर्दा कागज र कलम मागे र त्यसमा उनकी प्रमीकालाई - उही तिम्रो भेलेन्टाइन भनी लेखे । त्यसपछि तत्कालीन शासकले उनको टाऊको काटेको थियो।

Friday, September 16, 2011

एउटा मिठो भुल...


             केहि गल्तिहरु जिवनमा अविस्मरणीय हुन्छन जानी जानी कहिले पनि कसैले गल्ति गर्ने गल्ति गर्दैनन। त्यस्तै एउटा गल्ति जसले गर्दा म बर्षौं पछि फेरी ति दिनहरु लाई सम्झिन बाध्य भएको छु। भन्छन नसा को कोहि पनि पारखी हुदैनन समय को खेल नसा को आदत मा हरेक मानिस फस्सिएका हुन्छन। जुन कुराको आदत परेको हुन्छ अनि त्यो आदत बाट टाढा हुन् सक्दैन त्यहि नै नसा हो। नसा प्यार मा पनि हुन्छ जुन नसा देखि टाढा हुन् मैले धेरै कोसिस गरेको थिए आदत त छुट्यो तर केहि अझै 
बाकी रहेछ जुन आज महसुस गरिरहेको छु।

Saturday, September 10, 2011

प्रश्न आफै संग


प्रश्न मेरो आफै संग
प्रश्न मेरो तिमि संग
के पायौ के गुमायौ
एक अर्का संग मुटु साटेर

प्रश्न मेरो तिमि संग
प्रश्न मेरो म आफै संग
कति चोट पायौ कति खोट
एक अर्का संग प्रित गासेर

डर लाग्छ आफै संग
डर लाग्छ तिमि संग
सपनी मा बर्बराउने हो कि
बितेका ति दिन सम्झेर

Thursday, June 23, 2011

सम्हालिन्छु....




सम्हालिन्छु, पिढा को बाध आशु भइ झर्छ कि
मुस्कुराउछु, बैरी ले मेरो बेदना चाल पाउछन् कि..

बेहोशीमा पिढा भुलाउदा बिराएका बाटोहरु
भौतारिन्छु, कतै ति बाटो पहिलाउछु कि..
पागलपनमा बर्बराउदा निस्केका अपशब्दहरु
चिच्चाउछु, फेरी ति शब्द को राम्रो अर्थ आउछ कि...

कहिले नसकिने हो कि माया को कालो रातहरु
टोलाई रहन्छु, मायामा फेरी प्रभात हुन्छ कि..
कल्पनामा आउने ति अविस्मरणीय पलहरु
तड्पीन्छु, तड्पाई ले ति पल फिर्छन् कि...

Sunday, June 19, 2011

एक मुठ्ठी सास...


एक मुठ्ठी सास
जसले मलाई आवाज दिन्छ
यो सास को के काम  
जुन सासले तिम्रो नाम लिदैन
अनि तिम्रो तारिफ गर्दैन

मुटु को धड्कन
जसले माया प्रेम अनि स्नेह सिकाउछ
यो मुटु किन धड्किनु पर्यो र
जुन धड्कन मा तिमि हुदैनौ
अनि तिम्रो जिकर हुदैन

Monday, May 2, 2011

संसार को सबै भन्दा चमत्कारी नशा जसमा संसार झुलेको छ..


             याहू म्यासेन्जर देखि फेस बुक सम्म मैले भोगेका समस्या र यसले उत्पन्न गरेका बिकराल समस्या हरु लाई संक्षिप्त मा मैले भन्नु पर्दा यो एउटा संसार को सबै भन्दा चमत्कारी नसा हो जसको नसा ले हाम्रो व्यक्तिगत जीवन देखि समाज राष्ट्र अनि बिश्व लाई नै झुलाइ रहेको छ|