तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहेन्थे। मन मा धेरै उत्सुकता थियो त्यसैले म तिमि लाई भेट्ने सहि समय को पर्खाइ मा थिए। केहि समय को अन्तराल पछि तिमि संग परिचय हुने अवसर मिल्यो। म एकलै तिम्रो अगाडी प्रस्तुत हुन सक्ने आट नै थिएन। त्यसैले म मेरो दाजु को सहयोग मा तिम्रो अगाडी आउने जमर्को गरे। डेस्क टोप को धेरै आइकोन हरु को बिच मा तिम्रो इ अंकित आइकोन मा माउस ले दुइ पटक के थिचेको थिए तिमि एकछिन मा मेरो अगाडी प्रस्तुत भयौ। बस्ताब मा नै भन्नु पर्दा मेरो मन मा आश्चर्यको सिमा रहेन केहिबेर म केवल हेरि मात्र रहे। मेरो लागि बिल्कुल नौलो थियौ खै जानेर हो या अन्जान मा म तिमि प्रति एकदम मोहित भए एकै पटक मा दिल भित्र सजाए ।
Monday, August 30, 2010
Monday, July 19, 2010
सधैं एउटै कथा दोहोरिन्छ....

किन यस्तो हुन्छ सधैं सधैं एउटै कथा दोहोरिन्छ जहीले पनि अपरिपक्क सम्झौता गरेर पल पल पाउने र गुमाउने खेलको कम्जोर खेलाडी बनेर तितो अनुभबहरु बटुलेर दिनहरु बिताइ रहेछु। सोचेको खोजेको मनले रोजेको एउटै माया काफी छ दुई दिनको जिन्दगीमा आखिर माया एउटा भाबनात्मक सम्बन्ध हो हजारौं सँग जोडिए पनि पाउने केबल माया नै हो। तर पनि जति जति मायाको अर्थ बुझ्ने कोसिस गर्छु उती नै आफु कम्जोर साबित हुन्छु म केही न केही कुरामा पछी परेको नै हुन्छु बुझाइमा भन्दा गराइमा आफु फितलो देखिन्छु। पहिले म माँयालाई आदर्श ठान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। हो भन्ने गर्छन् र साचो पनि हो माया अजम्बरी हुन्छ माया लाई बिर्साउन गाह्रो हुन्छ भन्छन तर माया मा खोट भएमा मायामा स्वार्थपन भएमा बिर्सन सजिलो हुन्छ तर एउटा माया बिर्सिदैमा माया भन्ने चिज नै हराएर नजाने रैछ माया को भोक जागी रहने रैछ। अजम्मरी माया को खोजी मा र चोखो आत्मिय मायाको आशमा दिल भौतारीने रैछ। बास्तबमा माया भनेको नै बिस्वास हो विस्वास बिना माया जहीले पनि खोटो हुन्छ। जब माया मा बिस्वाश को खेलवाड हुन्छ त्यस्तो अवस्थामा विस्वास भन्ने शब्द नै उडेर जाने रैछ हजारौं बिस्वास दिलाउने कोसिस गरे पनि कही कतै मन भित्र अबिस्वास पैदा हुने रैछ। अबिस्वास ले नै माया गुमाउनु पर्ने रैछ अनी फेरी उही कथा दोहोरिने रहेछ।
Sunday, July 11, 2010
इद र मेरो पुरानो यादहरु
ल हीरो पिरो आए भन्दै आगनबाट देउरालीको चौतारीसम्म आवाज पुग्नेगरी दादीले हामीलाई बोलाउनु हुन्थ्यो। हामी तल देखि दादी भन्दै चिच्चाउथ्यौ १ घण्टाको उकाली ओराली पछीको थकाई बिसाउने ठाउ हो देउराली। उतर तीर टलक्क टल्केको माछापुच्छ्रे तल लामागेको फाट, आधिखोल र माथि स्यांगजा बजार साचै एकै एकदम मनोरम रमणीय ठाऊ छ देउरालीको चौतारी। हामीलाई थकाई मार्नु भन्दा पनी दादीको आवाजले छिटो घर मा पुग्ने हौसला दिने गर्थ्यो। हस्यांग फस्यांग गर्दै घरमा पुगेर दादीलाई सलाम गरेर घर नजिकको बगैचा तीर जान्थ्यौ। दादाहरुको पाला देखि नै दादाहरु ब्यापारको लागी बजार तीर नै बस्ने गर्नु हुन्थ्यो तर दादीलाई भने गाऊ नै प्यारो लाग्ने जस्तो सुकै अबस्थामा पनी उहा गाऊ छोडेर कही कतै जानु भएन। आफ्नो संतानहरु सबै सहर बजारमा भए पनी दादीलाई सहर भन्दा गाऊ नै प्यारो लाग्ने गर्थ्यो। त्यसो त हामीलाई पनी गाऊको धेरै माया थियो। पांच वकत को नवाज जस्तो सुकै अबस्थामा पनी नछोड़ने, सफा सुघरमा धेरै ध्यान दिने, अत्याचार सहन नसक्ने, निडर, अरु को आश्रय बिना बाच्नु पर्छ भन्ने भावना दादीको असल र भुल्न नसक्ने गुण हरु थिए। त्यसैले दादीलाई एउटा नाता रिस्ताले भन्दा पनि उहाँको स्वभाबबाट प्रभाबित भएर होला हामी हरेक पल उहाँ प्रति आत्म सम्मानका साथ हरेक पल सम्झिने गर्दछौ। (अल्लाह उहाँलाई जन्नत नसिब गरिदिउन)
Saturday, July 10, 2010
बिछोडको यादहरु
बिछोडमा पनी धेरै यादहरु गासिएको हुने रैछ जून बिछोड सधै भरीलाई याद बनी मुटुको कुनामा बसी रहने रैछ। बिछोडमा धेरै कुराहरु संग बिछोडीनु पर्दछ जून पीढ़ा मैले अनुभब पहीले पनि अनुभब गरिसके को छु। घर छोडनुको पीढ़ा सहन नसक्ने हुन्छ। बाबा आमाको माया स्नेह दिदी बहिनी भाईसँग बिताएको रमाइलो पल छोरा छोरीहरु प्यारो भान्जेसँग खेल्दै बिताएको मेरो १०० दिन। जब म मेरो छुट्टी पुरा गरेर फर्किदै थिय त्यो बेला म धेरै भाबुक थिय निरास थिय किन की मैले यो १०० दिन मा धेरै रमाइलो अनुभुती सँगालेको थिय। त्यो बेलामा यो पनि याद भएन की ती सबै पलहरु अजम्बरी याद बनेर मुटुको कुनामा राज गरेर बस्ने छ भनेर।
Monday, May 10, 2010
रानी महल
हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले!!
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा रानी महल बनाएछु मैले!!
Monday, May 3, 2010
फरक सिर्फ यही नै थियो....
फरक सिर्फ यही नै थियो....
उसको डोली उठ्यो, मेरो जनाजा
फूल उसको मा पनी थियो, मेरो मा पनीजमघट त्यहा पनी थियो, मान्छे हरु यहाँ पनी थिए
त्यहा सबै मा हासो थियो, यहाँ सबै रुदै थिए
साथीहरु उसको पनी आएका थिए, मेरो पनी
उनी लाई पनी नया पहिरनले सिंगार्दै थिए, मलाई पनी नया बस्त्र फेर्दै थिए
इमाम त्यहा पनी थिए, यहाँ पनी
दुवा दरूद उसको मा पनी पढ्दै थिए, मेरो मा पनी
उसलाई पनी उठाएर लैजादै थिए, मलाई पनी
उनी पनी घर छोडेर गइन, म पनी
बिदाई मा आफन्तहरु रुदै थिए त्यहा, यहाँ पनी
फरक सिरिफ यति नै थियो.....
उसलाई नया घर मिल्यो मलाई माटो
उसलाई सबै ले अपनाए मलाई दफ़नाय
Thursday, April 22, 2010
Subscribe to:
Posts (Atom)
-
- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित मोहम्मद वाहिद अलि एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काख...
-
तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहे न्थे । मन मा धेरै...




