Thursday, April 22, 2010
Thursday, April 15, 2010
नयाँ बर्ष...... मन त उही पुरानो नै हो!!!
नया दिन हो रे आज
बिहानी को सूर्य त पुरानो नै हो
नया बर्ष को सुरुवात हुदै छ रे आज
मन त उही पुरानो नै हो भन्छन आज हासे बर्ष भरी रुनु पर्दैन रे
अंक को परिबर्तन जस्तो लाग्छ पीढा त पुरानो नै हो
पुराना दिन बिर्सन सके नया अबश्य हो
जोडिए को पछाड़ी एक हो बाकि त सब पुरानो नै हो
Monday, April 5, 2010
पुरानो कथा
मध्य रात मा तिम्रो सुन्दरता को कल्पना मा म आफै हराउथे। म हाम्रो भेट को कुरा हरु सोच्दै मुग्ध हुन्थेँ । तर आजकल चैत बैसाख मा रुख का पातहरु झरेर नंगिएका रुखले भरिएको उजाड़ डाडा हरु संग तुलना गर्न थालेको छु तिम्रो सुन्दरता लाई। तेसैले होला आजकल म खुल्ला आखा ले सपना देख्दिन। कुनैवेला म घन्टौंसम्म तिम्रो अनुहार हेरेर, तिम्रा चरित्रका जटिलताहरु केलाएर तिमीलाई अध्ययन गरेर बस्न सक्थेँ । तर, अहिले म तिमीमा कुनै नयाँपन भेट्दिनँ । बिहान उठ्नेबित्तिकै म तिम्रो मुहार हेर्न चाहन्थेँ । तिमी लाई देखे भने मेरो पूरा दिन रमाइलो र खुसी को साथ बित्ने थियो जस्तो पनी लाग्थ्यो । तर अहिले म आफु त्यस्तो थिए भन्दा आफै लाई अचम्म लाग्छ लामो सपना जस्तो लाग्छ।
Sunday, April 4, 2010
Tuesday, March 30, 2010
प्रगती नगर:

वास्तव मा नाम जस्तै हरेक कुरा मा प्रगती गर्न सफल यो बजार स्याङ्जा बजार देखी तल्लो भाग मा पर्दछ। शिक्षा चोक देखी सुरु हुने बजार धेरै टोल गल्ली हरु रहेका छन् बजार मा शिक्षा कार्यालय नगरपालिका देखी लिएर धेरै सरकारी तथा गैर सरकारी सस्था हरु रहेका छन। यहाँ सुबिध सम्पन्न फिल्म हल पनि रहेको छ भने रोशनी उच्च मा बि जुन स्याङ्जा जिल्ला को उत्कृष्ट तथा नमुना शैक्षिक केन्द्र मध्य मा पर्छ यो यही बजार को नारायण स्थान मा पर्दछ भने स्याङ्जा बजार को पहिलो बोडिङ स्कुल मा पर्ने ज्योति उच्च आवसिय मा बि पनि यही बजार को माथिल्लो भाग मा पर्दछ।
Sunday, March 28, 2010
स्याङ्जा बजार को परिचय:

स्याङ्जा बजार को प्रमुख चोक तथा बजार हरु :
बाडखोला बजार, पुतली बजार, प्रगति नगर,बिरेन्द्र नगर, नारायण स्थान, घुम्ती बजार, देवी थान, सैनिक टोल, महेन्द्र चोक, हुलाक मार्ग, चौकी, अभियान पथ ठाडो लाइन, बैंक रोड, मालपोत चोक आदि पर्दछन.
स्कुल तथा कलेज हरु :
श्री त्रिभुवन आदर्श क्याम्पस, श्री त्रिभुवन आदर्श उच्च मा. बि., रोशनी बोर्डिंग उच्च आ. मा. बि., ज्योति बोर्डिंग उच्च आ.मा. बि., भू. पु. बोर्डिंग उच्च आ. मा. बि., स्यांग्जा उच्च आ. मा. बि., हिमालयन बोर्डिंग स्कुल, सिसुनिकेतन बोर्डिंग स्कुल, श्री काजिमान हरि टिका उच्च मा. बि., बिलिवीयर्स बोर्डिंग स्कुल, सेतो गुरास, बालमन्दिर प्रा. बि., आदि
Subscribe to:
Posts (Atom)
-
कोरोना भाइरससँगको यात्रा–२ माघ १३, २०७७ २०७७ माघ १३ गते रातोपाटीमा प्रकाशित दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् य...

