Wednesday, August 21, 2019

ईस्लाम धर्म, हाम्रो समुदाय र सामाजिक संजाल

( यो लेख "सामाजिक संजालमा साम्प्रदायिक विभेद र असहिष्णुता" शिर्षकमा अनलाइनखबरमा
२०७६ साउन १८ गते प्रकाशित )


धार्मिक विषय निकै संवेदनशील हुने गर्दछ । हामि धार्मिक विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो त ईस्लाममा आफुमा भएको ज्ञान अरुलाई बाड्नु पर्दछ भनिएको छ । त्यस्तै कस्तो व्यक्तिले ज्ञान बाड्दै छ त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै एक व्यक्तिको बुझाई संग केहि अर्थ लाग्दैन ।  वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई तोडमोड गर्ने कोसिस गरिरहेका छन् । जुन निकै निन्दनीय छ । म ईस्लाममा भनिएका आधारभूत कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरु बाट पूर्णरुपमा बच्न नसकेको मान्छे । जसले ईस्लामिक विषय लेख्न खोज्नु केवल मुर्खता हुने छ । त्यसो भनिरहदा म मुस्लिम समुदायको एक पात्र हो । समुदायमा हुने गरेका क्रियाकलाप प्रति सबैको चासो हुन्छ र हुनुपर्दछ । यहाँ ईस्लामिक ज्ञानगुन  बाड्ने भन्दा पनि सामाजिक चासोको विषयमा माथि आफ्ना मदभेद राख्न चाहन्छु।   

 

Monday, June 10, 2019

करिनाको बर्थडे




बिहेको रमझम सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो अब पालो उसको बर्थडेको थियो जुन बिहे पछिको पहिलो बर्थडे थियो म पहिलो छोरि भएर होला मेरो हरेक बर्थडे रमाइलो संग मनाउदै आएको छौ  बर्थडे मेरो लागि एकदम स्पेसल छ उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन उ मुसुक्क हास्दै ठुस्किन्थी भिडियो कलको अन्त्य अनि भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो   जेठको ८ गते बिहेको मिति भन्दा बेसी तड्पाई भयो कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन आतिएको पनि होइन  फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो । 

Tuesday, September 4, 2018

राजाको सालिक



" राजाको भूतसंग तर्सिने दिन गए "

( स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा 
२०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )

आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो

कतारमा नेपालीको फुटबल प्रेम

( वर्ल्डकप को सन्दर्भमा फ्यानजोनको सन्दर्भमा 
२०७५ साउन १ गते अनलाइन खबरमा प्रकाशित ) 
संसारका झण्डै ४० प्रतिशतलाई मानिसलाई कुनै न कुनै रुपमा प्रभावित बनाउँदै बहुप्रतिक्षित विश्वकप फुटबल सकिएको छ । रुसमा सम्पन्न उक्त फुटबलसँग नेपालीको कुनै चासो नहुँदा नहुँदै पनि नेपालका झण्डै १५ प्रतिशत जनतालाई यसले प्रभावित बनाएको अनुमान गर्न सकिन्छ । विश्वका विकसित देशका जनतालाई ५६ प्रतिशत र फुटबल खेल्ने मुलुकका जनतालाई यो खेलल ९७ प्रतिशत प्रभावित बनाएको आँकडा सार्वजनिक भएको छ । यसको अर्थ हो, यसले विश्वको ठूलो अर्थतन्त्रलाई यसले प्रभावित बनाएको छ र आगामी दिनमा यो बढ्दै जान्छ ।
२०२२ को वर्ल्डकप खेलाउन तयार देश कतारमा यसले प्रभावित बनाउनु स्वभाविक नै हो । र, नेपालको श्रम बजारको मुख्य हिस्सा रहेको कतारको रंगशाला बनाउन रातदिन मेहनत गरिरहेका नेपालीहरुको सन्दर्भमा नेपालमा यसको महत्व बढेर गएको छ ।

Saturday, July 21, 2018

एसईईको ‘पर्खाल’ नाघेकी भतिजीलाई काकाको पत्र !

तिमी मेरो ठूलो दाजु-भाउजुकी पहिली सन्तान । बुबाआमाकी पहिली नातिनी । र, हाम्रो परिवारकी पहिलो छोरी । तिम्रो आगमनले सम्पूर्ण हाम्रो परिवारमा खुसी छाएको थियो । तिम्रो आगमनले हाम्रो घरको आँगनमा उज्यालो थपेको थियो । अहिले तिम्रो उज्यालो मुहार देखेर हजुरबुबा हजुरआमामा जुन प्रकारको खुसी देख्छु, त्यो शब्दमा वर्णन गर्न सक्दिनँ । त्यसो त अहिले पनि तिम्रो मुहारमा मुस्कान ल्याउन सबै परिवार उतिकै प्रयत्न गरिरहेका छन् ।

Wednesday, June 20, 2018

सद्भाव बाँड्ने पर्व ईदउल फित्र


"कान्तिपुर डेलीमा असार ३, २०७५ प्रकाशित मेरो लेख" 

ईस्लाम धर्मावलम्बीहरु हरुको महान पर्व ईद उल–फित्र हो जुन एक महिने रमजानको रोजा (वर्त) समाप्ति संगै मनाइने गरिन्छ संसार भरिका मुस्लिमहरु यस पर्वलाई उत्सव तथा उमङ्ग साथ् मनाउने गर्दछन ईद आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो ईदको प्रार्थना संगै एक आपसमा क्षमा माग्ने र क्षमा दिने गरिन्छ जसले समाज, छरछिमेक तथा आफन्तबीचको तिक्तता मेट्छ समग्रमा ईदले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दछ


Sunday, June 10, 2018

राजाको सालिक

(" राजाको भूतसंग तर्सिने दिन गए " स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा २०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )
          आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो