Sunday, March 13, 2011

तिम्रा गल्ति...


तिम्रा गल्ति,
कम्मर लाई छोडेर जिन्स घुडा निर आउदा पनि मस्किदै हिडेको भए,
खुट्टामा हैन चप्पल हातमा सिउरिदै हिडेको भए,
सौचालयमा हैन बाटो बाटोमा मुत्र बिसर्जन गर्दै हिडेको भए,
या महात्मा नबनी साधारण मानव बनेर हिडेको भए
 माफ गरिदिने थिए.....

Wednesday, March 9, 2011

हिड्दा हिड्दै

       

                सधै घाम लागि रहने हुन्थ्यो भने मिर्मिरे बिहानी को मधुरो घामको उज्यालोले निद्रामा मस्त ति आखाहरु खुल्न बाध्य हुने थिएनन होला अनि सुनौलो बिहानीको महसुस गर्न पाइदैन थियो होला। त्यस्तै बिछोड नभई संगै जिन्दगि बिताउन पाइन्थ्यो भने बिछोडको बेलामा साटिने चोखो निश्चल माया अनि अनौठो अनुभूति लाई महसुस गर्ने मौका पाइदैन थियो होला। जिवन जिउने क्रममा हामी ले धेरै बिछोडहरु सहनु पर्छ क्षणिक बिछोड नै सहि पिढा भने हुन्छ नै चाहे थोरै नै किन नहोस। बिछोड को बेलामा हुने पिढा आफ्नो परिवार, साथीभाई, त्यो ठाउँ, त्यहाँ का मानिस अनि प्रकृति संग आफुले गासेको सम्बन्धमा  भर पर्ने रहेछ यि सबै संग गहिरो सम्बन्ध हुदा बिछोड एकदम पिढादाइ हुने रहेछ।

Tuesday, November 2, 2010

दुखको यहसास हुन आसमान टुट्नु पर्दैन... .. .

            पिढा को औषधी मन लाई शान्त राख्नु नै रहेछ जिवन मा कस्तो कस्तो पिढा हरु भोग्नु पर्छ यो त केवल सानो कुरा हो। तर पनि मनमा अनेकौ तरङ्गहरु पैदा गर्ने यस्तो किसिमको अनुभब पहिलो भएकाले केहि अफ्ट्यारो महसुस गरेको छु। भन्छन नि दुखको यहसास हुन को लागि आसमान टुट्नु पर्दैन।
         

Thursday, October 28, 2010

दिन हरु पनि कति छिटो पुरानो भै’दिने ....

          दिन हरु पनि कति छिटो पुरानो भै’दिने अस्ति भर्खर हो म घर बाट सुक्क सुक्क गर्दै आखा बाट आसु झार्दै बिदाई भएको फेरी फर्किने दिन आइसके छ।.....आफ्ना परिवार साथी भाईहरु संग टाढा भएर फेरी नजिक हुन  पाउनु यो पनि जिवन को एउटा रमाइलो पल हो। जति पिढा आफ्नो परिवार संग टाढा हुनु पर्दा हुन्छ त्यो भन्दा धेरै खुसि केहि समय परिवार संग बिताउदाको दिनहरु मा हामी ले पाउछौ। जुन खुसि को अनुभब गर्ने फेरी अर्को मौका मैले पाएको छु। बर्ष दिन देखि देखेका खुल्ला आखा का ति सपना आफ्नै मनलाई गरेका बाचाहरु पुरा गर्ने दिन नजिकिदै गर्दा मनमा एउटा अनौठो हलचल मचिएको छ। सुरुका केहि दिनहरु यादहरु ताजा भएकाले बिताउन गाह्रो भएता पनि पुराना दिनहरु फर्केर हेर्दा सबै दिन हरु एकदम उत्कृष्ट र सम्झन लाएक थिए। सायद कतार सानो क्षेत्रफल भएको देश र साथी भाईहरु धेरै भएकाले होला प्रत्येक हप्ताको अन्तिम दिन  सजिलै जमघट हुने भएकाले दिनहरु सजिलै बितेको होला। त्यसो त म संगै मेरो दाजु हरु भएका ले पनि विदेश को आभास नभएको हुन सक्छ। घर फर्किने भन्दा कसको मन फुरुङ्ग नहोला र त्यस्तै फुरुङ्ग हुनेहरु मा म पनि सामेल भएको छु।

Thursday, October 14, 2010

वास्तबमा हामी देश को लागि के गर्न सक्छौ र कसरि?

           फोटोसपले तिम्रो तस्बिर को चहेरा बदल्दीए जस्तै बास्तबमै मैले कसै को चहेरा बदल्न सक्ने भए....कमला श्रेष्ठ र निल डेविड लाई छोडेर....नम्रता, मनिषा, करिस्मा अनि निरुता मलाई खोज्दै दोहा आउने थिए....हुन त के आउन दिन्थे दोहा निर्मार्ता अनि निर्देसक ले पुजा लामा उफ्फ आमना फारुकी को बुर्का देखेर नै तर्सिसकेका छन् रे ...
            सपनी मा मैले गरेको सासन टुडिखेलमा गरेको  भाषण बास्तबमै साचो भैदिने हो भने.....जनसागर को बिच मा बादर कुमार भारत,झल्लु नाथ खलासी, फुल कमल ढाल, बिचारा राम वाटराई, छेर बादुर, सुजिल खोइराला...भाड देब गौत, हराम चाद, श्री३ कोमल थापा,सन् बादुर थापा, अनि डोन उपद्र यादब ताली बजाई रहेको हुन्थे....अनि मेरो समर्थन मा सुन्धारा अगाडी को रोडमा मादलको ताल संगै आहै.. क्या करुम हाए.. कुछ कुछ होता है.. भन्ने गित मा देखा थाप माया को कम्मर मा हात राख्दै डानस गर्थे...
             उफ्फ्फ मेरो जिवन पनि यसो भैदिए उसो भैदिए मै बित्ने भो म जस्तै सपनी को कुरा बिपनी मा सम्झेर रमाउदै बसेका रामबरण भए भैसी मा चढेर ज्ञानेन्द्र लाई फालेर सितल निवास मा फोटो सेसन गर्न पाउने थिएनन होला...तर के गरौ असम्भब केहि छैन हाम्रो नया नेपाल मा नहुने केहि भएन राजनीति सास्त्र मा पि एच डी गर्ने गोराहरु को मा पिलेट मस्काउदै छन् मोस्ट वान्टेड र हरुवाले देश हल्लाउदै छन् ..
            पसौ पसौ लाग्छ राजनीति मा फेरी चल्ता फिर्ता दुनियाले इर्ष्या गर्ने सरीर मेरो सालिक मा परिणत हुने हो कि भन्ने डर .....चोक चोक मा उभिनु पर्ने आफ्नै अगाडी भुसिया कुकुर मस्त निद्र मा आफ्नी प्यारी लाई अँगालो हालेर कुईकिदा... दिनमा आफ्नै अगाडी प्यारे ले प्यारी लाई पल्सर २२० सी सी मा चिप्किदै सुइकिदा...साह्रै पिढा भएको कुरा गिरिजा बाजे लाई सपनी मा श्री फाच हरु ले गुनासो गरेको र गिरिजा बाजेले विभिन्न बहाना बनाउदै आन्दोलन को नाउ मा सालिक तोड्न लगाई खाओ बादीहरु लाई दोष लगाए रे श्री फाच हरु लाई त स्व्व्व्व्र्ग मा आनन्द मिल्यो रे तर फुल कमल ढाल लाई यो कुरा हजम न भएर गिरिजा बाजे  लाई भेट्नु जादा अन्तिम सास बाकी रहेको डाक्टर हरु ले तिन सब्द मात्र बाकी रहेको इसारा गर्दा गिरिजा बाउ ले no my statue भनेको कुरा बुज्न लाई अहिले पनि फुल कुमाल ढाल एकान्त खोज्दै रिसोट हरु पुग्दा अस्ति बल्ल अर्थ बुजेको ले फुल कुमाल ढाल अंकल ले मलाई सुटुक्क भन्नु भाको ले राजनीति मा न छिर्ने बाचा गरेको छु....
             बरु म जे छु ठिकै छु.... एउटै  बिषयमा जिन्दगि गुजार्दा किसुन जी जस्तै कपाली को कपाल को जुम्रा हेर्दै आश्रम मा मृत्यु को पर्खीईमा पान को स्वाद लिदै बस्नु भन्दा बिचित्र को संसार को कल्पना मा फ्री मा आफु नायक बनेर बस्नु नै मजा भन्दा मेरो यो अस्त ब्यस्त लेख पढेर थाक्नु भएका मेरो प्यारो मित्र हरु लाई कमेन्ट ठोक्दिने विचार आ'को छ भने कृपया एउटा कुरा को उत्तर दिन न बिर्सिनु होला .....
वास्तबमा हामी देश को लागि के गर्न सक्छु र कसरि?

Thursday, September 16, 2010

समबेदना का दुई शब्दहरु.....



      म जोहर को नमाज को लागि उज्जु गर्दै थिए। फोन को घन्टी बजेको खासै याद भएन दाई फोनमा कुरा गरेको जस्तो लाग्यो। अकस्मात ......हा.... यासिन भाई... एक्सिडेन्ट...यो शब्द सुन्ने बितीकै म उज्जु गर्न छोडेर दाई को नजिक गए दाईको आखामा आसु को थोपा हरु देख्ने बितीकै म मा एउटा बेहोसी नै आयो। सायद दाई फोन मा एक मिनेट अरु कुरा गर्दै हुनु हुन्थ्यो त्यो एक मिनेट मा मेरो मन भित्र हजारौ कुराहरु सल्बलाउदै थिए। अजिज दाई को भाबुकता ले असाधारण घटना हो भन्ने सिधै अनुमान गर्न सकिन्थ्यो ...........आखा भरि आसु छचल्किए दाईले फोन राख्नु भयो दुवै जना स्तब्ध भयौ। म दाई संग केहि प्रश्न गर्ने सकिन किन कि उहाको अनुहार बाट मैले प्रष्ट उत्तर पाए। त्यो दुखद समाचार को केहि समय को बारेमा हामी बिच जुन अवस्था गुजरियो त्यसलाई शब्द मा उतार्न असक्षम छु......