Tuesday, September 4, 2018

राजाको सालिक



" राजाको भूतसंग तर्सिने दिन गए "

( स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा 
२०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )

आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो

कतारमा नेपालीको फुटबल प्रेम

( वर्ल्डकप को सन्दर्भमा फ्यानजोनको सन्दर्भमा 
२०७५ साउन १ गते अनलाइन खबरमा प्रकाशित ) 
संसारका झण्डै ४० प्रतिशतलाई मानिसलाई कुनै न कुनै रुपमा प्रभावित बनाउँदै बहुप्रतिक्षित विश्वकप फुटबल सकिएको छ । रुसमा सम्पन्न उक्त फुटबलसँग नेपालीको कुनै चासो नहुँदा नहुँदै पनि नेपालका झण्डै १५ प्रतिशत जनतालाई यसले प्रभावित बनाएको अनुमान गर्न सकिन्छ । विश्वका विकसित देशका जनतालाई ५६ प्रतिशत र फुटबल खेल्ने मुलुकका जनतालाई यो खेलल ९७ प्रतिशत प्रभावित बनाएको आँकडा सार्वजनिक भएको छ । यसको अर्थ हो, यसले विश्वको ठूलो अर्थतन्त्रलाई यसले प्रभावित बनाएको छ र आगामी दिनमा यो बढ्दै जान्छ ।
२०२२ को वर्ल्डकप खेलाउन तयार देश कतारमा यसले प्रभावित बनाउनु स्वभाविक नै हो । र, नेपालको श्रम बजारको मुख्य हिस्सा रहेको कतारको रंगशाला बनाउन रातदिन मेहनत गरिरहेका नेपालीहरुको सन्दर्भमा नेपालमा यसको महत्व बढेर गएको छ ।

Saturday, July 21, 2018

एसईईको ‘पर्खाल’ नाघेकी भतिजीलाई काकाको पत्र !

तिमी मेरो ठूलो दाजु-भाउजुकी पहिली सन्तान । बुबाआमाकी पहिली नातिनी । र, हाम्रो परिवारकी पहिलो छोरी । तिम्रो आगमनले सम्पूर्ण हाम्रो परिवारमा खुसी छाएको थियो । तिम्रो आगमनले हाम्रो घरको आँगनमा उज्यालो थपेको थियो । अहिले तिम्रो उज्यालो मुहार देखेर हजुरबुबा हजुरआमामा जुन प्रकारको खुसी देख्छु, त्यो शब्दमा वर्णन गर्न सक्दिनँ । त्यसो त अहिले पनि तिम्रो मुहारमा मुस्कान ल्याउन सबै परिवार उतिकै प्रयत्न गरिरहेका छन् ।

Wednesday, June 20, 2018

सद्भाव बाँड्ने पर्व ईदउल फित्र


"कान्तिपुर डेलीमा असार ३, २०७५ प्रकाशित मेरो लेख" 

ईस्लाम धर्मावलम्बीहरु हरुको महान पर्व ईद उल–फित्र हो जुन एक महिने रमजानको रोजा (वर्त) समाप्ति संगै मनाइने गरिन्छ संसार भरिका मुस्लिमहरु यस पर्वलाई उत्सव तथा उमङ्ग साथ् मनाउने गर्दछन ईद आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो ईदको प्रार्थना संगै एक आपसमा क्षमा माग्ने र क्षमा दिने गरिन्छ जसले समाज, छरछिमेक तथा आफन्तबीचको तिक्तता मेट्छ समग्रमा ईदले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दछ


Sunday, June 10, 2018

राजाको सालिक

(" राजाको भूतसंग तर्सिने दिन गए " स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा २०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )
          आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो

Tuesday, May 29, 2018

कथा- खलासी देखि पाइलट सम्म



        केहि पर झिलिमिली शहर थियो शहरको उज्यालो सापटी लिएर नै उसको घरको आगनी उज्यालो हुन्थ्यो परिवारले एक अर्कालाई चिन्न सक्ने उज्यालो महँगो मट्टीतेल औषधिको सिसीमा झुम्रो हालेको टुकी बाल्न सम्म गाह्रो थियो टुकीको उज्यालो त केवल खाना खान र भाई बैनीले होमवर्क गराउनका निम्ति मात्र थियो

Thursday, May 10, 2018

नेपालका कम्युनिष्ट र धर्म

२०७५ वैशाख २४ गते नेपालको लोकप्रिय अनलाइन पत्रिका 'अनलाइन खबर' मा  प्रकाशित) 
नेपाल बहु धर्म, जाति र संस्कृति भएको देश हो । हाल नेपालमा कम्युनिष्ट पार्टीहरूको बहुमतीय सरकार छ । नेपालका सबै कम्युनिष्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ । जसले पार्टीभित्र नै भ्रातृ संगठन खोलेका छन् । कुनै व्यक्ति कुनै पार्टीप्रति आस्था हुनु भनेको पार्टीको नीति र सिद्धान्त आफू अनुकूल हुनु हो । अर्थात् मानिसहरू पार्टीको विधान पढेर, सुनेर, बुझेर अनि मनन गरेर नै उक्त पार्टीको सदस्य बन्ने गर्छन् । कम्युनिष्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन । नेपालका कम्युनिष्टहरू पनि धर्मप्रति सकारात्मक देखिँदैनन् । जुन कम्युनिस्ट शीर्ष नेताहरूको क्रियाकलापले दर्शाउँछ । तथापि धर्मकर्ममा विश्वास गर्ने कम्युनिष्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भन्ने विषय सोचनीय छ ।

Tuesday, March 27, 2018

अविस्मरणीय हवाई दुर्घटना र यथार्थता



(मेरो लेख २०७४ चैत १२ मा नयाँ विकल्प साप्ताहिक पत्रिका तथा  www.nayabikalpa.com मा प्रकाशित)       
     
        आज केहि बेर भएको थियो फेसबुक नहेरेको
युएस बंगला एअरलाइन्सको जहाज ल्यान्डिङ गर्ने क्रममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा दुर्घटना भएको खबरले न्युजफिड भरिएको रहेछ केहि महिना यता सिरियामा भएको नरसंहारका दर्दनाक फोटो भिडियोहरु ले मन मंस्तिस्कामा नराम्रो छाप छोडेको बेला फेरी अर्को दुखद समाचार आयो  वास्तबमा दुखद समाचार सुन्न हेर्न र बुझ्न मनै छैन मन भित्र बाट दुर्घटनामा मृत्यु हुने र घाइतेहरु का निम्ति प्रार्थना गरे त्यसपछि राति सम्म फेसबुक र अन्य कुनै पनि समाचार हरु हेरिन बेलुकाको खाना खाने समय भयो आमाले घर देखि पठाउनु भएको अचार प्लेटमा हाल्दै गर्दा झसंग झस्किए म विदेशमा छु म नेपाल फर्किनु छ त्यहि बिमान स्थल हुदै राति अबेर सम्म निद्रा लागेन

Monday, February 12, 2018

मुस्लिम समुदाय, राज्यको विभेद र यसको न्यूनीकरण


 ( नेपाली मुस्लिम डट कम मा २२ चैत्र २०७४, बिहीबार प्रकाशित मेरो लेख ) 
                    नेपालको इतिहास फर्केर हेर्दा तत्कालिन शासक हरुले सर्वसाधारण जनताले पढ्नु हुदैन भन्ने सोच राख्दथे राजा अथवा राणाहरु यस विषयमा खासै जनता प्रति उद्दार नदेखिनु का विविध कारण हरु होलान प्रमुख कारण भनेको जनता शिक्षित भए जनता माथि शासन गर्न पाउदैनौ भन्ने हो एक पछि अर्को गरि शासक हरु लोप हुदै गए देशमा प्रजातन्त्र आयो  प्रजातन्त्र आए पछि पनि शिक्षा सर्वसाधारण को पहुच भन्दा बाहिर थियो राज्यमा विभेद को शृंखला रोकिएको थिएन त्यहि विभेदका कारण यो समुदाय पढ्ने र त्यो समुदाय नपढ्ने भनेर विल्ला थमाउने काम भयो हामि मुस्लिम समुदाय नपढ्ने समुदायमा पर्यौ