Thursday, December 29, 2016

जीवन किनबेचका कुरा..

           उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका lरंग थियो न चमक l एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो l अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो l पहिरन पनि केवल देखाउन का निम्ति जस्तो l पानि दिने बहानामा उ आफुलाई हामि बीच देखाउन ल्याउदा को कुरा थियो l मैले उ ढोका भित्र पस्दै गर्दा उसलाई हेर्ने चान्स गुमाए l अर्को चान्स मैले पानिको ग्लास समाउदै गर्दा पाएको थिए l लाज सरम अथवा सम्मान l मेरा नयन किन झुके थाहा भएन l म संगै को अर्को कसैले पानि को ग्लास समाउदै गर्दा उसका ति सबै कुरा हरु नियाल्न भ्याएको थिए l यति भनिरहदा उ आखाँ मा नबसेकी चाही होइन l

Thursday, July 28, 2016

चुच्चे रेल

              


      
   झिसमिसे अध्यारो मै क्याम्प जागेको छ l  धुलाम्य रुखमा चराचुरुंगी हरु को चिरबिर अनि मान्छे हरुको गाइगुइ ले क्याम्प कोलाहल छ l निला ड्यान्ग्री सेफ्टी जुत्ता अनि एउटा हातमा टिफिन र अर्को मा हेल्मेट बोकेका योद्धा हरु यो देश र आफ्नो भविष्य बनाउने युद्दमा जानका निम्ति तयार हुन्छन l  नेपालमा जस्तै टाटा बसको हर्न बज्छ l एकछिन लाई सबैमा बालापन छाउछ l हतारिदै सिट रोक्न दौडिन्छन  l धुलो उड्छ l नाक छोप्दै बसमा उक्लिन्छ श्यामसुन्दर l ढुक्क थियो सधैको जस्तो रामेले सिट रोकेको छ भनेर l आज रामे संग अरु कोहि बसिसकेको देखेर श्यामसुन्दर एकछिन अल्मलिन्छ l उसका आखाँले भरिएका सिट हरुमा खालि ठाउँ खोज्छ l इजिप्टसियन फोरमेन क्याप्टेन जस्तै रुखो कडा उस्ले आफुले बुझ्ने भाषामा उसको नाम साम राखिदिएको छ l त्यसैले सबै साथीहरु श्यामसुन्दर लाई साम भनेर नै चिन्ने गर्दछन l पछाडी सिट बाट बंगाली साथीले साम भनेर बोलाउदै खालि सिट तिर इसारा गर्छ l  साम बंगाली को छेउमा गएर बस्छ l

Monday, June 27, 2016

रमजान


             इस्लाम धर्म को पवित्र महिना रमजान भोलिबाट सुरु हुदै छ धार्मिक गुरुहरु र चन्द्रमा हेर्ने कमिटिले रमजान को अघिल्लो दिन सूर्यास्तको बेला चन्द्रमा देख्ने बित्तिकै भोलिपल्ट रमजान सुरु भएको घोषणा गर्दछन त्यहि आधारमा सम्पूर्ण मुस्लिमहरु रमजानको रोजा राख्ने गर्दछन

         रमजान इस्लामिक क्यालेण्डर को नवौ महिना हो रमजानको महिना इस्लाम धर्मावलम्बीका निम्ति निकै महत्वपूर्ण छ इस्लाम धर्मको सबैभन्दा ठुलो ग्रन्थ कुरानको पूर्ण अंश यहि महिनामा अवतरित भएको थियो। अल्लाहको सबैभन्दा प्यारो अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाम (उहाँ माथि शान्ति होस्) मक्काबाट हिज्जरत (प्रस्थान) गरेर मदिना गएको दुई वर्षपछिदेखि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो। अशक्त, विमारी, सुत्केरी र बच्चा बाहेक का सम्पूर्ण बालिग उमेरका मानिसहरु लाई रमजानको रोजा राख्नु अनिवार्य छ

Thursday, February 11, 2016

मोबाइल

                परेडका लागि उभिएका सिपाही जस्तै अनुशासित भई साथीहरु लामबद्ध बसेका थिए l मेरो पालो आइसकेछ l एकाउन्टेन्टले एउटा लिफाफा दिएर साइन गर्न लगायो l केहि पर पुगेर लिफाफा भित्र चियाए l लिफाफा भित्र पहिलो महिनाको सेलरी थियो l पाँच सय का दुईवटा अनि सय का नोटहरु l मेरो जीवनको पहिलो कमाई मन मा गाठो पर्यो अनि बर्रर आशु झर्यो l यो आशु खुसीको थियो l हिजो जस्तो लाग्थ्यो गाउँमा बरालिएर हिडेको l वास्तबमै यस्ता तलबहरु धेरै पटक थापिसक्नु पर्ने हो l हातमा पैसा पर्ने बित्तिकै मेरो पहिलो सपना पुरा गर्ने सोच आयो l नयाँ मोबाइल किन्ने l महिना दिनलाई खर्च पुग्ने पैसा छुट्टयाएर बाकि पैसाले मोबाइल किन्ने निधो गरे l हाम्रो क्याम्प शहर देखि निकै टाढा थियो l कम्पनिको मान्छे संग एअरपोर्ट बाट सिधै क्याम्पमा आएको ले विदेश के हो देख्न पनि पाएको थिएन l नयाँ देश अनि नयाँ शहर l एक्लै जादा हराइने हो कि भन्ने डर l पल्लो बेडको साथि लाई भोलि शहर जाउँ भनेर सल्लाह गरे l बिहानै उठेर हामि स्टेसनमा बस कुरेर बस्यौ l चिल्ला फराकिला रोड l चिल्लै गाडीहरु l रफ्तार हेर्दा उड्दै छन कि गुड्दै ठम्याउन गाह्रो थियो l ५२ डिग्रीको गर्मि हुने मरुभूमिमा पनि मुटु छुने जाडो l साथि बाट थाहा पाए गर्मि त यहाँ केहि महिना मात्र हुन्छ रे l  केहीबेरको प्रतिक्षा पछि हामीलाई सिटि लैजाने बस अगाडी आएर रोकियो l यहाँ बसको यात्रा पहिलो पटक थियो l काठमाण्डौका ट्याम्पु अनि हाम्रो गाउँ तिर जाने ट्रयाक्समा त्यो बिधि मान्छे कोच्चिन्छन l यहाँ भने जहाज जत्रो बसमा म मेरो साथि अनि ड्राइभर l अन्य स्टेसन बाट अलि अलि गर्दै यात्रु हरु चढ्दै थिए l तर पनि बस खालि नै थियो l

Thursday, January 14, 2016

ऐतिहासिक गोरखा दरवार

                   राजा अभिभावक हुन् भन्ने सोचले मन मस्तिष्कमा जरो गाडेको थियो l राजा देशका गहना हुन् बुढापाकाहरु भन्ने गर्दथे l पुरानो एल्बममा राजा रानीको स्याङ्गजा भ्रमणका बेलाका केहि स्मरणीय फोटोहरु जुन हामीले बेलाबखत हेर्ने गर्थ्यौ  l बुवा राजारानीको स्वागतका निम्ति चिटिक्क नेपाली पहिरनमा अनि दाईहरु स्काउटको ड्रेसमा ति फोटोहरु को पनि केहि हद सम्म असर थियो l बाबाले त्यो बेला दर्शनभेट पाउनु भएको थियो l तोकिएको ५ मिनेट भन्दा धेरै समय लिदा पनि बाबाको कुरा लाई ध्यानपुर्वक सुनिएको कुराले चर्चा पाएको थियो l बालमन्दिरको हलमा रानी ऐश्वर्यको हातबाट मैले पनि एक पोका चकलेट पाएको थिए l पक्कै पनि यी सबै व्यक्तिगत कुरा हरु हुन्  राजारानी प्रति सकारात्मक प्रभाव पर्नुमा  l l तर भद्रशैली का राजा अनि उनको परिवार सबै नेपालीको मन मुटुमा बस्न सफल भएका थिए l प्रायजसो घरहरुमा स्वस्फुर्त राजारानी का फोटोहरु टांगिएको हुन्थे l सारा नेपाली उनकै भक्तिका गित गायका थिए l

Friday, January 8, 2016

पत्तो छैन

खुसि खोज्न दौडिएका थकित खुट्टाहरु
राम्रो खोज्दै तड्पिएका मनहरु
पत्तो छैन खुसि कहिले भेट्ने राम्रो कहिले देख्ने
पत्तो छैन सास अनि मुटु कहिले सम्म चल्ने