Friday, September 16, 2011

एउटा मिठो भुल...


             केहि गल्तिहरु जिवनमा अविस्मरणीय हुन्छन जानी जानी कहिले पनि कसैले गल्ति गर्ने गल्ति गर्दैनन। त्यस्तै एउटा गल्ति जसले गर्दा म बर्षौं पछि फेरी ति दिनहरु लाई सम्झिन बाध्य भएको छु। भन्छन नसा को कोहि पनि पारखी हुदैनन समय को खेल नसा को आदत मा हरेक मानिस फस्सिएका हुन्छन। जुन कुराको आदत परेको हुन्छ अनि त्यो आदत बाट टाढा हुन् सक्दैन त्यहि नै नसा हो। नसा प्यार मा पनि हुन्छ जुन नसा देखि टाढा हुन् मैले धेरै कोसिस गरेको थिए आदत त छुट्यो तर केहि अझै 
बाकी रहेछ जुन आज महसुस गरिरहेको छु।

Saturday, September 10, 2011

प्रश्न आफै संग


प्रश्न मेरो आफै संग
प्रश्न मेरो तिमि संग
के पायौ के गुमायौ
एक अर्का संग मुटु साटेर

प्रश्न मेरो तिमि संग
प्रश्न मेरो म आफै संग
कति चोट पायौ कति खोट
एक अर्का संग प्रित गासेर

डर लाग्छ आफै संग
डर लाग्छ तिमि संग
सपनी मा बर्बराउने हो कि
बितेका ति दिन सम्झेर

Thursday, June 23, 2011

सम्हालिन्छु....




सम्हालिन्छु, पिढा को बाध आशु भइ झर्छ कि
मुस्कुराउछु, बैरी ले मेरो बेदना चाल पाउछन् कि..

बेहोशीमा पिढा भुलाउदा बिराएका बाटोहरु
भौतारिन्छु, कतै ति बाटो पहिलाउछु कि..
पागलपनमा बर्बराउदा निस्केका अपशब्दहरु
चिच्चाउछु, फेरी ति शब्द को राम्रो अर्थ आउछ कि...

कहिले नसकिने हो कि माया को कालो रातहरु
टोलाई रहन्छु, मायामा फेरी प्रभात हुन्छ कि..
कल्पनामा आउने ति अविस्मरणीय पलहरु
तड्पीन्छु, तड्पाई ले ति पल फिर्छन् कि...

Sunday, June 19, 2011

एक मुठ्ठी सास...


एक मुठ्ठी सास
जसले मलाई आवाज दिन्छ
यो सास को के काम  
जुन सासले तिम्रो नाम लिदैन
अनि तिम्रो तारिफ गर्दैन

मुटु को धड्कन
जसले माया प्रेम अनि स्नेह सिकाउछ
यो मुटु किन धड्किनु पर्यो र
जुन धड्कन मा तिमि हुदैनौ
अनि तिम्रो जिकर हुदैन

Monday, May 2, 2011

संसार को सबै भन्दा चमत्कारी नशा जसमा संसार झुलेको छ..


             याहू म्यासेन्जर देखि फेस बुक सम्म मैले भोगेका समस्या र यसले उत्पन्न गरेका बिकराल समस्या हरु लाई संक्षिप्त मा मैले भन्नु पर्दा यो एउटा संसार को सबै भन्दा चमत्कारी नसा हो जसको नसा ले हाम्रो व्यक्तिगत जीवन देखि समाज राष्ट्र अनि बिश्व लाई नै झुलाइ रहेको छ|

Tuesday, April 26, 2011

यहाँ जिउनु पर्ने रहेछ ¸.•♥´¨`


मृत्यु लाई जितेर जिउनु पर्ने रहेछ 
यहि नै जीवन को अर्थ रहेछ !


हजारौ सपना भुलेर सयौ दर्द सहेर 
यहाँ हास्नु पर्ने रहेछ 
यहाँ जिउनु पर्ने रहेछ !!

Sunday, March 13, 2011

तिम्रा गल्ति...


तिम्रा गल्ति,
कम्मर लाई छोडेर जिन्स घुडा निर आउदा पनि मस्किदै हिडेको भए,
खुट्टामा हैन चप्पल हातमा सिउरिदै हिडेको भए,
सौचालयमा हैन बाटो बाटोमा मुत्र बिसर्जन गर्दै हिडेको भए,
या महात्मा नबनी साधारण मानव बनेर हिडेको भए
 माफ गरिदिने थिए.....

Wednesday, March 9, 2011

हिड्दा हिड्दै

       

                सधै घाम लागि रहने हुन्थ्यो भने मिर्मिरे बिहानी को मधुरो घामको उज्यालोले निद्रामा मस्त ति आखाहरु खुल्न बाध्य हुने थिएनन होला अनि सुनौलो बिहानीको महसुस गर्न पाइदैन थियो होला त्यस्तै बिछोड नभई संगै जिन्दगि बिताउन पाइन्थ्यो भने बिछोडको बेलामा साटिने चोखो निश्चल माया अनि अनौठो अनुभूति लाई महसुस गर्ने मौका पाइदैन थियो होला जिवन जिउने क्रममा हामी ले धेरै बिछोडहरु सहनु पर्छ क्षणिक बिछोड नै सहि पिढा भने हुन्छ नै चाहे थोरै नै किन नहोस बिछोड को बेलामा हुने पिढा आफ्नो परिवार, साथीभाई, त्यो ठाउँ, त्यहाँ का मानिस अनि प्रकृति संग आफुले गासेको सम्बन्धमा  भर पर्ने रहेछ यि सबै संग गहिरो सम्बन्ध हुदा बिछोड एकदम पिढादाइ हुने रहेछ।