Monday, April 5, 2010

पुरानो कथा


             मध्य रात मा तिम्रो सुन्दरता को कल्पना मा म आफै हराउथे। म हाम्रो भेट को कुरा हरु सोच्दै मुग्ध हुन्थेँ । तर आजकल चैत बैसाख मा रुख का पातहरु झरेर नंगिएका रुखले भरिएको उजाड़ डाडा हरु संग तुलना गर्न थालेको छु तिम्रो सुन्दरता लाई। तेसैले होला आजकल म खुल्ला आखा ले सपना देख्दिन। कुनैवेला म घन्टौंसम्म तिम्रो अनुहार हेरेर, तिम्रा चरित्रका जटिलताहरु केलाएर तिमीलाई अध्ययन गरेर बस्न सक्थेँ । तर, अहिले म तिमीमा कुनै नयाँपन भेट्दिनँ । बिहान उठ्नेबित्तिकै म तिम्रो मुहार हेर्न चाहन्थेँ । तिमी लाई देखे भने मेरो पूरा दिन रमाइलो र खुसी को साथ बित्ने थियो जस्तो पनी लाग्थ्यो । तर अहिले म आफु त्यस्तो थिए भन्दा आफै लाई अचम्म लाग्छ लामो सपना जस्तो लाग्छ।

               मैले स्वीकार गर्नैपर्छ। तिमी मेरो जीवनमा आएपछि मैले धेरै कुरा  प्राप्त गरेको अनुभूत गरेँ। तिम्रा कारण मैले जीवनमा के-के पाएँ, त्यसलाई मैले सधैं महत्व दिने गरेको छु । र, तिमी मेरा लागि सदा स्पेसल हुनेछौ । तिमी प्रति म रहस्यमय ढंगले आकषिर्त भएको थिएँ । चुम्बकले जसरी तिमीले मलाई आफूतिर तानिरहेकी थियौ । एउटा कुरा नै काफी छ की म तिमी संग कती आकर्षित थिए की म तिम्रो ठाऊ को चौतारी मा एक्लै धेरै बेर सम्म बसेको छु। हामीले पहिलोपटक भेटेको दिन म सम्भिरहन्छु । म कती नर्भस थिएँ । तिमीसँग के अपेक्षा गर्ने र तिमीलाई कसरी महसुस गर्ने मलाई केही थाहा थिएन । धेरै नै खुसी थिए म त्यों खुसी को चर्चा म गर्न सक्दिन म मेरो त्यों खुसी लाई सब्द मा सिमित राख्न चाहन्न तर खुसी बिच को डर कौतूहलता मेरो लागी एकदम भुल्न नसक्ने सम्झना बनी बसिदियो जून मैले सोचे को थिएन। हामीले एक-अर्कालाई छिट्टै बुझ्नु जरुरी थियो । तर, हामीले धेरै हतार पनि गरेका थिएनौँ। 
                 हामी बिच एकदम असहज ढंगले सञ्चार हुन्थ्यो । हामी इशारा को भर मा नै एक अर्को लाई भेट्ने गर्थौ। मलाई याद छ म धेरै पटक तिम्रो घर को वरीपारी बसेर तिमी म संगै छौ भनेर मन लाई धोका दिएर खुसी हुदै फर्किने गर्थे। तीमीलाई याद छ त्यो दिन जुन दिन मैले तिमीलाई गुमाएँ भन्ने ठानेको थिएँ ? त्यो दिन सम्झिदा अहिले पनि मेरो मुटु जोडजोडले धड्किन थाल्छ । सायद तिमी ले मलाई कही दिन अगाड़ी नै भनेकी थियौ। सायद मेरो बिबाह हुदैछ भनेर । हरेक भेट जस्तै म तिमी लाई तिम्रो कलेजमा भेट्न जादै थिए तिम्रो घर मा रंगीन कुर्ची हरु धेरै मान्छेहरु को भीड़ले मलाई एक्दमै गहिरो चोट परेको थियो तर पनी मनमा आश लिएर तिम्रो कलेज गए तर तिमी लाई त्यति बेला कलेजमा भेटिन तर दुई तिन दिनको तडपाई मात्र भयो किन की त्यों दिन तिम्रो घरमा अरु नै प्रोग्राम थियो। यस्ता घटना हरु त धेरै घटेका थिए ती दिनहरु मा जून सम्झिन अब बेकार जस्तै लाग्न थाले को छ ।
                 तिम्रो मेरो सम्बन्ध को कारक मध्य एउटा यो पनी हो जसलाई मैले प्रमुख लिने गरेको छु त्यों हो तिमी आफूमा जे थियो त्यसमा सन्तुष्ट हुन सकेनौं तिमी । सायद त्यसैले होला तिमी यति धेरै परिबर्तन भएकी। मैले तिमीलाई परिवर्तन गर्न नखोजेको पनि होइन । तिम्रो बानी बेहोरा चाल चलन बोली आदिमा परिवर्तन चाहन्थेँ म । तर परिबर्तन को नाम मा तिमी एक कदम अगाड़ी देखियौ जून परिबर्तन मा सिरिफ मैले उजाड़ बिजाड़ भताभुंग मात्र देखे।

                  तिमीले मलाई उपभोग गरिरहेकी छौ भन्ने लाग्थ्यो मलाई । हरेक दिन तिमी लाई फ़ोन गर्ने च्याट गर्ने मेरा लागि जागिरजस्तो भएको थियो, बाध्यताजस्तो भएको थियो । म निसास्सिरहेको थिए । मलाई लाग्छ हामी अल्छ्री बन्दै गइरहेका थियौ । र ठुलो खाडलमा परेका थियौ । कहिलेकाहीँ म सोच्ने गर्छु- हामी यस खाडलमा कसरी पर्‍यौँ ? डर लाग्छ- कहीँ कतै मेरो कारणले तिमीलाई केही होला भन्ने म यस भयमा बाँच्न चाहन्न । त्यसैले अब हामीले छुट्टिनू नै वेश । किनभने, म जति-जति तिमीलाई हेर्छु, त्यति-त्यति तिम्रा दोष र कमजोरी अगाडि आउँछन् । मैले तिमीलाई धोका दिन खोजेको होइन । हामीले धेरै समय एक-अर्कासँग बिताएका छौँ । तिमीसँगको भावनात्मक सम्बन्धका कारण तिमीसँग छुट्टनि मलाई गाह्रो त हुन्छ नै । यो कुरा पक्का हो कि- मेरो जीवनमा तिमीजस्तो अरु कोही हुनेछैन । र, तिम्रो ठाउँमा अरु कोहीलाई राख्न मलाई कठिन हुनेछ । तिमीपश्चात् मेरो जीवन कस्तो हुने हो, त्यो मलाई थाहा छैन । तिमीले मेरो दुःखको समयमा साथ दिएकी छौ जसका लागि म आजन्म तिमीसँग कृतज्ञ छु । तिमीलाई धेरैपटक हलुको ढंगले लिएको थिए मैले यहाँसम्म आइपुग्न मलाई धेरै वर्ष लाग्यो । तर अंतिम मा आएर एकदम शून्य महसुस गरिरहेको छु। मलाई लाग्छ अहिले हामी- विछोडको संघारमा छौँ । र, यो असाध्यै कष्टकर छ । अहिले हामी बिच को सम्बन्ध देखेर चित्त दुखाउने हरु त्यों बेला मूर्ति बनी बसेका थिए कोही हामी एक भएको सोच्न पनी सक्थेनन।
                 मेरी प्यारी हाम्रो यात्रा अब समाप्त हुदै छ। मलाई जीवनमा केही नयाँ चाहिएको छ । र, विश्वास गर, तिम्रा या मेरा कारणले हामी यस स्थितिमा आइपुगेका होइनौँ । यसको कारण त अरु नै छ जो तिमीलाई पनी राम्रो संग थाहा छ । मेरो जीवनमा कुनै पनि चिज लामो समयसम्म टिक्दैन । मोबाइल मा यो कुरा लागु हुन्छ भन्थे आज मेरो जिंदगी मा यस्तै भई रहेको छ। तर म यस्तै जिंदगी मा खुसी छु किन की एउटै जिंदगी मा धेरै किसिम को जिंदगी को अनुभूति गरिराखेको छु। सायद तिमी पनी आफै मा खुसी छौ होला। तिम्रो खुसी को लागी मेरो हरेक पल साथ छ। तिमी ले चाहे म पहिले को जस्तो हरेक पल साथ दिने छु।

उही तिम्रो
  पागल

No comments: