Thursday, April 15, 2010

नया बर्ष ...... मन त उही पुरानो नै हो



नया दिन हो रे आज
बिहानी को सूर्य त पुरानो नै हो
नया बर्ष को सुरुवात हुदै छ रे आज
मन त उही पुरानो नै हो


भन्छन आज हासे बर्ष भरी रुनु पर्दैन रे
अंक को परिबर्तन जस्तो लाग्छ पीढा त पुरानो नै हो
पुराना दिन बिर्सन सके नया अबश्य हो
जोडिए को पछाड़ी एक हो बाकि त सब पुरानो नै हो

सोचे को छु अबस्य नया केही गर्नु छ
नया केही पाउन आफु मा धेरै परिबर्तन गर्नु छ
परिबर्तन ले पनी दिन कुर्ने यो
पात्रो को पान्ना फेर्दा के परिबर्तन हुने हो हेर्नु छ

हासेकै छु फेरी दुख आइपर्ने हो की बर्ष भरी भनी
हास्ने मुख, हासो र हास्ने मान्छे पुरानो नै हो
रमाई रहेको छु रमाइलो सोच मा डूबी रहेको छु
रमाउने मन, सोच र परिस्थिति त पुरानो नै हो

मलाई याद छ नया बर्ष को पहिलो दिन को महत्व जान्ने बुज्ने भाको २०५० साल देखि हो जून साल स्याङ्जा मा भब्य प्रोग्राम गरी नया बर्ष मनाएका थिय । सानै भए पनी मलाई त्यों साझ को धेरै कुरा हरु याद आउछ । त्यस्तै २०५७ साल पछी धेरै त्यस्तो याद हरु जोडिए का छन । नया बर्ष को पहिलो दिन जून दिनको रमाइलो खुसीहरु यादहरु लाई आज पुन सम्झेर नया बर्ष को आज को दिन मनौदै छु । २०६७ साल लागी सक्यो एक दशक पनी बर्ष दिन भन्दा छिटो लागी राखेको छ । रमाइलो भन्दा पनी केही हद सम्म दुख लागी राखे को छ दिन हरु छिटो बितेको मा तर पनी आज को दिन खुसी हुनु पर्छ किन की आज एउटा नौलो दिन हो नौलो बिहानी हो ।

No comments: