Tuesday, November 2, 2010

दुखको यहसास हुन आसमान टुट्नु पर्दैन... .. .

            पिढा को औषधी मन लाई शान्त राख्नु नै रहेछ जिवन मा कस्तो कस्तो पिढा हरु भोग्नु पर्छ यो त केवल सानो कुरा हो तर पनि मनमा अनेकौ तरङ्गहरु पैदा गर्ने यस्तो किसिमको अनुभब पहिलो भएकाले केहि अफ्ट्यारो महसुस गरेको छु भन्छन नि दुखको यहसास हुन को लागि आसमान टुट्नु पर्दैन
         

Thursday, October 28, 2010

दिन हरु पनि कति छिटो पुरानो भै’दिने ....

          दिन हरु पनि कति छिटो पुरानो भै’दिने अस्ति भर्खर हो म घर बाट सुक्क सुक्क गर्दै आखा बाट आसु झार्दै बिदाई भएको फेरी फर्किने दिन आइसके छ.....आफ्ना परिवार साथी भाईहरु संग टाढा भएर फेरी नजिक हुन  पाउनु यो पनि जिवन को एउटा रमाइलो पल हो जति पिढा आफ्नो परिवार संग टाढा हुनु पर्दा हुन्छ त्यो भन्दा धेरै खुसि केहि समय परिवार संग बिताउदाको दिनहरु मा हामी ले पाउछौ जुन खुसि को अनुभब गर्ने फेरी अर्को मौका मैले पाएको छु बर्ष दिन देखि देखेका खुल्ला आखा का ति सपना आफ्नै मनलाई गरेका बाचाहरु पुरा गर्ने दिन नजिकिदै गर्दा मनमा एउटा अनौठो हलचल मचिएको छ सुरुका केहि दिनहरु यादहरु ताजा भएकाले बिताउन गाह्रो भएता पनि पुराना दिनहरु फर्केर हेर्दा सबै दिन हरु एकदम उत्कृष्ट र सम्झन लाएक थिए सायद कतार सानो क्षेत्रफल भएको देश र साथी भाईहरु धेरै भएकाले होला प्रत्येक हप्ताको अन्तिम दिन  सजिलै जमघट हुने भएकाले दिनहरु सजिलै बितेको होला त्यसो त म संगै मेरो दाजु हरु भएका ले पनि विदेश को आभास नभएको हुन सक्छ घर फर्किने भन्दा कसको मन फुरुङ्ग नहोला र त्यस्तै फुरुङ्ग हुनेहरु मा म पनि सामेल भएको छु

Thursday, October 14, 2010

वास्तबमा हामी देश को लागि के गर्न सक्छौ र कसरि?

           फोटोसपले तिम्रो तस्बिर को चहेरा बदल्दीए जस्तै बास्तबमै मैले कसै को चहेरा बदल्न सक्ने भए....कमला श्रेष्ठ र निल डेविड लाई छोडेर....नम्रता, मनिषा, करिस्मा अनि निरुता मलाई खोज्दै दोहा आउने थिए....हुन त के आउन दिन्थे दोहा निर्मार्ता अनि निर्देसक ले पुजा लामा उफ्फ आमना फारुकी को बुर्का देखेर नै तर्सिसकेका छन् रे ...
            सपनी मा मैले गरेको सासन टुडिखेलमा गरेको  भाषण बास्तबमै साचो भैदिने हो भने.....जनसागर को बिच मा बादर कुमार भारत,झल्लु नाथ खलासी, फुल कमल ढाल, बिचारा राम वाटराई, छेर बादुर, सुजिल खोइराला...भाड देब गौत, हराम चाद, श्री३ कोमल थापा,सन् बादुर थापा, अनि डोन उपद्र यादब ताली बजाई रहेको हुन्थे....अनि मेरो समर्थन मा सुन्धारा अगाडी को रोडमा मादलको ताल संगै आहै.. क्या करुम हाए.. कुछ कुछ होता है.. भन्ने गित मा देखा थाप माया को कम्मर मा हात राख्दै डानस गर्थे...
             उफ्फ्फ मेरो जिवन पनि यसो भैदिए उसो भैदिए मै बित्ने भो म जस्तै सपनी को कुरा बिपनी मा सम्झेर रमाउदै बसेका रामबरण भए भैसी मा चढेर ज्ञानेन्द्र लाई फालेर सितल निवास मा फोटो सेसन गर्न पाउने थिएनन होला...तर के गरौ असम्भब केहि छैन हाम्रो नया नेपाल मा नहुने केहि भएन राजनीति सास्त्र मा पि एच डी गर्ने गोराहरु को मा पिलेट मस्काउदै छन् मोस्ट वान्टेड र हरुवाले देश हल्लाउदै छन् ..
            पसौ पसौ लाग्छ राजनीति मा फेरी चल्ता फिर्ता दुनियाले इर्ष्या गर्ने सरीर मेरो सालिक मा परिणत हुने हो कि भन्ने डर .....चोक चोक मा उभिनु पर्ने आफ्नै अगाडी भुसिया कुकुर मस्त निद्र मा आफ्नी प्यारी लाई अँगालो हालेर कुईकिदा... दिनमा आफ्नै अगाडी प्यारे ले प्यारी लाई पल्सर २२० सी सी मा चिप्किदै सुइकिदा...साह्रै पिढा भएको कुरा गिरिजा बाजे लाई सपनी मा श्री फाच हरु ले गुनासो गरेको र गिरिजा बाजेले विभिन्न बहाना बनाउदै आन्दोलन को नाउ मा सालिक तोड्न लगाई खाओ बादीहरु लाई दोष लगाए रे श्री फाच हरु लाई त स्व्व्व्व्र्ग मा आनन्द मिल्यो रे तर फुल कमल ढाल लाई यो कुरा हजम न भएर गिरिजा बाजे  लाई भेट्नु जादा अन्तिम सास बाकी रहेको डाक्टर हरु ले तिन सब्द मात्र बाकी रहेको इसारा गर्दा गिरिजा बाउ ले no my statue भनेको कुरा बुज्न लाई अहिले पनि फुल कुमाल ढाल एकान्त खोज्दै रिसोट हरु पुग्दा अस्ति बल्ल अर्थ बुजेको ले फुल कुमाल ढाल अंकल ले मलाई सुटुक्क भन्नु भाको ले राजनीति मा न छिर्ने बाचा गरेको छु....
             बरु म जे छु ठिकै छु.... एउटै  बिषयमा जिन्दगि गुजार्दा किसुन जी जस्तै कपाली को कपाल को जुम्रा हेर्दै आश्रम मा मृत्यु को पर्खीईमा पान को स्वाद लिदै बस्नु भन्दा बिचित्र को संसार को कल्पना मा फ्री मा आफु नायक बनेर बस्नु नै मजा भन्दा मेरो यो अस्त ब्यस्त लेख पढेर थाक्नु भएका मेरो प्यारो मित्र हरु लाई कमेन्ट ठोक्दिने विचार आ'को छ भने कृपया एउटा कुरा को उत्तर दिन न बिर्सिनु होला .....
वास्तबमा हामी देश को लागि के गर्न सक्छु र कसरि?

Thursday, September 16, 2010

समबेदना का दुई शब्दहरु.....



      म जोहर को नमाज को लागि उज्जु गर्दै थिए फोन को घन्टी बजेको खासै याद भएन दाई फोनमा कुरा गरेको जस्तो लाग्यो अकस्मात ......हा.... यासिन भाई... एक्सिडेन्ट...यो शब्द सुन्ने बितीकै म उज्जु गर्न छोडेर दाई को नजिक गए दाईको आखामा आसु को थोपा हरु देख्ने बितीकै म मा एउटा बेहोसी नै आयो सायद दाई फोन मा एक मिनेट अरु कुरा गर्दै हुनु हुन्थ्यो त्यो एक मिनेट मा मेरो मन भित्र हजारौ कुराहरु सल्बलाउदै थिए अजिज दाई को भाबुकता ले असाधारण घटना हो भन्ने सिधै अनुमान गर्न सकिन्थ्यो ...........आखा भरि आसु छचल्किए दाईले फोन राख्नु भयो दुवै जना स्तब्ध भयौ म दाई संग केहि प्रश्न गर्ने सकिन किन कि उहाको अनुहार बाट मैले प्रष्ट उत्तर पाए त्यो दुखद समाचार को केहि समय को बारेमा हामी बिच जुन अवस्था गुजरियो त्यसलाई शब्द मा उतार्न असक्षम छु......

Monday, August 30, 2010

e लब




                 तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहेन्थे मन मा धेरै उत्सुकता थियो त्यसैले म तिमि लाई भेट्ने सहि समय को पर्खाइ मा थिए केहि समय को अन्तराल पछि तिमि संग परिचय हुने अवसर मिल्यो म एकलै तिम्रो अगाडी प्रस्तुत हुन सक्ने आट नै थिएन  त्यसैले म मेरो दाजु को सहयोग मा तिम्रो अगाडी आउने जमर्को गरे  डेस्क टोप को धेरै आइकोन हरु को बिच मा तिम्रो इ अंकित आइकोन मा माउस ले दुइ पटक के थिचेको थिए तिमि एकछिन मा मेरो अगाडी प्रस्तुत भयौ  बस्ताब मा नै भन्नु पर्दा मेरो मन मा आश्चर्यको सिमा रहेन केहिबेर म केवल हेरि मात्र रहे  मेरो लागि बिल्कुल नौलो थियौ खै जानेर हो या अन्जान मा म तिमि प्रति एकदम मोहित भए एकै पटक मा दिल भित्र सजाए
                

Monday, July 19, 2010

सधैं एउटै कथा दोहोरिन्छ....



        किन यस्तो हुन्छ सधैं सधैं एउटै कथा दोहोरिन्छ जहीले पनि अपरिपक्क सम्झौता गरेर पल पल पाउने र गुमाउने खेलको कम्जोर खेलाडी बनेर तितो अनुभबहरु बटुलेर दिनहरु बिताइ रहेछु। सोचेको खोजेको मनले रोजेको एउटै माया काफी छ दुई दिनको जिन्दगीमा आखिर माया एउटा भाबनात्मक सम्बन्ध हो हजारौं सँग जोडिए पनि पाउने केबल माया नै हो। तर पनि जति जति मायाको अर्थ बुझ्ने कोसिस गर्छु उती नै आफु कम्जोर साबित हुन्छु म केही न केही कुरामा पछी परेको नै हुन्छु बुझाइमा भन्दा गराइमा आफु फितलो देखिन्छु। पहिले म माँयालाई आदर्श ठान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। हो भन्ने गर्छन् र साचो पनि हो माया अजम्बरी हुन्छ माया लाई बिर्साउन गाह्रो हुन्छ भन्छन तर माया मा खोट भएमा मायामा स्वार्थपन भएमा बिर्सन सजिलो हुन्छ तर एउटा माया बिर्सिदैमा माया भन्ने चिज नै हराएर नजाने रैछ माया को भोक जागी रहने रैछ। अजम्मरी माया को खोजी मा र चोखो आत्मिय मायाको आशमा दिल भौतारीने रैछ। बास्तबमा माया भनेको नै बिस्वास हो विस्वास बिना माया जहीले पनि खोटो हुन्छ।  जब माया मा बिस्वाश को खेलवाड हुन्छ त्यस्तो अवस्थामा विस्वास भन्ने शब्द नै उडेर जाने रैछ हजारौं बिस्वास दिलाउने कोसिस गरे पनि कही कतै मन भित्र अबिस्वास पैदा हुने रैछ। अबिस्वास ले नै माया गुमाउनु पर्ने रैछ अनी फेरी उही कथा दोहोरिने रहेछ।      

Sunday, July 11, 2010

इद र मेरो पुरानो यादहरु



      
       ल हीरो पिरो आए भन्दै आगनबाट देउरालीको चौतारीसम्म आवाज पुग्नेगरी दादीले हामीलाई बोलाउनु हुन्थ्योहामी तल देखि दादी भन्दै चिच्चाउथ्यौ १ घण्टाको उकाली ओराली पछीको थकाई बिसाउने ठाउ हो देउराली उतर तीर टलक्क टल्केको माछापुच्छ्रे तल लामागेको फाट, आधिखोल र माथि स्यांगजा बजार साचै  एकै एकदम मनोरम रमणीय ठाऊ छ देउरालीको चौतारी हामीलाई थकाई मार्नु भन्दा पनी दादीको आवाजले छिटो घर मा पुग्ने हौसला दिने गर्थ्यो हस्यांग फस्यांग गर्दै घरमा पुगेर दादीलाई सलाम गरेर घर नजिकको बगैचा तीर जान्थ्यौ दादाहरुको पाला देखि नै दादाहरु ब्यापारको लागी बजार तीर नै बस्ने गर्नु हुन्थ्यो तर दादीलाई भने गाऊ नै प्यारो लाग्ने जस्तो सुकै अबस्थामा पनी उहा गाऊ छोडेर कही कतै जानु भएन आफ्नो संतानहरु सबै सहर बजारमा भए पनी दादीलाई सहर भन्दा गाऊ नै प्यारो लाग्ने गर्थ्यो त्यसो त हामीलाई पनी गाऊको धेरै माया थियोपांच वकत को नवाज जस्तो सुकै अबस्थामा पनी नछोड़ने, सफा सुघरमा धेरै ध्यान दिने, अत्याचार सहन नसक्ने, निडर, अरु को आश्रय बिना बाच्नु पर्छ भन्ने भावना  दादीको असल र भुल्न नसक्ने गुण हरु थिए त्यसैले दादीलाई एउटा नाता रिस्ताले भन्दा पनि उहाँको स्वभाबबाट प्रभाबित भएर होला हामी हरेक पल उहाँ प्रति आत्म सम्मानका साथ हरेक पल सम्झिने गर्दछौ। (अल्लाह उहाँलाई जन्नत नसिब गरिदिउन)
       

Saturday, July 10, 2010

बिछोडको यादहरु

      
     बिछोडमा पनी धेरै यादहरु गासिएको हुने रैछ जून बिछोड सधै भरीलाई याद बनी मुटुको कुनामा बसी रहने रैछ। बिछोडमा धेरै कुराहरु संग बिछोडीनु पर्दछ जून पीढ़ा मैले अनुभब पहीले पनि अनुभब गरिसके को छु। घर छोडनुको पीढ़ा सहन नसक्ने हुन्छ। बाबा आमाको माया स्नेह दिदी बहिनी भाईसँग बिताएको रमाइलो पल छोरा छोरीहरु प्यारो भान्जेसँग खेल्दै बिताएको मेरो १०० दिन। जब म मेरो छुट्टी पुरा गरेर फर्किदै थिय त्यो बेला म धेरै भाबुक थिय निरास थिय किन की मैले यो १०० दिन मा धेरै रमाइलो अनुभुती सँगालेको थिय। त्यो बेलामा यो पनि याद भएन की ती सबै पलहरु अजम्बरी याद बनेर मुटुको कुनामा राज गरेर बस्ने छ भनेर। 

Monday, May 10, 2010

रानी महल


हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले!!
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा रानी महल बनाएछु मैले!!

Monday, May 3, 2010

फरक सिर्फ यही नै थियो....


फरक सिर्फ यही नै थियो....
उसको डोली उठ्यो, मेरो जनाजा
फूल उसको मा पनी थियो, मेरो मा पनी
जमघट त्यहा पनी थियो, मान्छे हरु यहाँ पनी थिए
त्यहा सबै मा हासो थियो, यहाँ सबै रुदै थिए
साथीहरु उसको पनी आएका थिए, मेरो पनी
उनी लाई पनी नया पहिरनले सिंगार्दै थिए, मलाई पनी नया बस्त्र फेर्दै थिए
इमाम त्यहा पनी थिए, यहाँ पनी
दुवा दरूद उसको मा पनी पढ्दै थिए, मेरो मा पनी
उसलाई पनी उठाएर लैजादै थिए, मलाई पनी
उनी पनी घर छोडेर गइन, म पनी
बिदाई मा आफन्तहरु रुदै थिए त्यहा, यहाँ पनी

फरक सिरिफ यति नै थियो.....
उसलाई नया घर मिल्यो मलाई माटो
उसलाई सबै ले अपनाए मलाई दफ़नाय

Thursday, April 15, 2010

नयाँ बर्ष...... मन त उही पुरानो नै हो!!!



नया दिन हो रे आज
बिहानी को सूर्य त पुरानो नै हो
नया बर्ष को सुरुवात हुदै छ रे आज
मन त उही पुरानो नै हो

 भन्छन आज हासे बर्ष भरी रुनु पर्दैन रे
अंक को परिबर्तन जस्तो लाग्छ पीढा त पुरानो नै हो
पुराना दिन बिर्सन सके नया अबश्य हो
जोडिए को पछाड़ी एक हो बाकि त सब पुरानो नै हो

नया बर्ष ...... मन त उही पुरानो नै हो


Monday, April 5, 2010

पुरानो कथा


             मध्य रात मा तिम्रो सुन्दरता को कल्पना मा म आफै हराउथे। म हाम्रो भेट को कुरा हरु सोच्दै मुग्ध हुन्थेँ । तर आजकल चैत बैसाख मा रुख का पातहरु झरेर नंगिएका रुखले भरिएको उजाड़ डाडा हरु संग तुलना गर्न थालेको छु तिम्रो सुन्दरता लाई। तेसैले होला आजकल म खुल्ला आखा ले सपना देख्दिन। कुनैवेला म घन्टौंसम्म तिम्रो अनुहार हेरेर, तिम्रा चरित्रका जटिलताहरु केलाएर तिमीलाई अध्ययन गरेर बस्न सक्थेँ । तर, अहिले म तिमीमा कुनै नयाँपन भेट्दिनँ । बिहान उठ्नेबित्तिकै म तिम्रो मुहार हेर्न चाहन्थेँ । तिमी लाई देखे भने मेरो पूरा दिन रमाइलो र खुसी को साथ बित्ने थियो जस्तो पनी लाग्थ्यो । तर अहिले म आफु त्यस्तो थिए भन्दा आफै लाई अचम्म लाग्छ लामो सपना जस्तो लाग्छ।

Tuesday, March 30, 2010

प्रगती नगर:



                  वास्तव मा नाम जस्तै हरेक कुरा मा प्रगती गर्न सफल यो बजार स्याङ्जा बजार देखी तल्लो भाग मा पर्दछ। शिक्षा चोक देखी सुरु हुने बजार धेरै टोल गल्ली हरु रहेका छन् बजार मा शिक्षा कार्यालय नगरपालिका देखी लिएर धेरै सरकारी तथा गैर सरकारी सस्था हरु रहेका छन। यहाँ सुबिध सम्पन्न फिल्म हल पनि रहेको छ भने रोशनी उच्च मा बि जुन स्याङ्जा जिल्ला को उत्कृष्ट तथा नमुना शैक्षिक केन्द्र मध्य मा पर्छ यो यही बजार को नारायण स्थान मा पर्दछ भने स्याङ्जा बजार को पहिलो बोडिङ स्कुल मा पर्ने ज्योति उच्च आवसिय मा बि पनि यही बजार को माथिल्लो भाग मा पर्दछ।           

Sunday, March 28, 2010

स्याङ्जा बजार को परिचय:


 स्याङ्जा बजार को प्रमुख चोक तथा बजार हरु :
बाडखोला बजार, पुतली बजार, प्रगति नगर,बिरेन्द्र नगर, नारायण स्थान, घुम्ती बजार, देवी थान, सैनिक टोल, महेन्द्र चोक, हुलाक मार्ग, चौकी, अभियान पथ ठाडो लाइन, बैंक रोड, मालपोत चोक आदि पर्दछन.

स्कुल तथा कलेज हरु :
श्री त्रिभुवन आदर्श क्याम्पस, श्री त्रिभुवन आदर्श उच्च मा. बि., रोशनी बोर्डिंग उच्च आ. मा. बि., ज्योति बोर्डिंग उच्च आ.मा. बि., भू. पु. बोर्डिंग उच्च आ. मा. बि., स्यांग्जा उच्च आ. मा. बि., हिमालयन बोर्डिंग स्कुल, सिसुनिकेतन बोर्डिंग स्कुल, श्री काजिमान हरि टिका उच्च मा. बि., बिलिवीयर्स बोर्डिंग स्कुल, सेतो गुरास, बालमन्दिर प्रा. बि., आदि